Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

संगीत र नाट्य कला समाजको अभिन्न अंग हो : राष्ट्रपति पौडेल


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संगीत र नाट्य कला समाजको अभिन्न अंग भएको र यो हाम्रो पहिचान, इतिहास र भावी पुस्ताको लागि महत्वपूर्ण सम्पत्ति भएको बताएका छन् ।

शीतल निवासमा बुधबार भएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका छन् ।

‘नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले समृद्ध मुलुक हो, हाम्रा पुर्खाहरूले हामीलाई धरोहरकारुपमा छोडी गएका धर्म, दर्शन, कला र संस्कृति नैं हाम्रो राष्ट्रिय जीवनका परिचायक हुन्’, उनले भने ,“ देशका अमूल्य कला र संस्कृतिलाई सुरक्षित गरी यीनमा नविन विशेषताहरू जोड्दै जानु आजको चेतनशील समाजको कर्तव्य हो ।”

उनले हामीले इतिहासमा गर्व गरेर मात्र पुग्दैन, इतिहास निर्माण गर्ने काममा पनि सदा प्रयत्नशील हुनुपर्छ भन्नुभयो । हाम्रो देशका संस्कृति साधक, साहित्यकार, कलाकारहरूले सँधै सचेत र सम्वेदनशील रही सांस्कृतिक उत्थान एवं राष्ट्रिय एकतालाई सवल बनाउने कार्यमा आफूलाई समर्पित गर्दै आउनु खुशीको विषय भएको उनको भनाइ थियो ।

नेपालको सांस्कृतिक धरोहरलाई जोगाउने र यसलाई विश्वभरि चिनाउन यस क्षेत्रमा क्रियाशील व्यक्तिहरुको योगदान अविस्मरणीय रहेको उल्लेख गरे । “संस्कृति नेपालीहरूको जीवनशैली हो र संस्कृति नेपालीको पहिचान पनि हो”, राष्ट्रपति पौडेलले भने ।

सरकारले नेपाली संगीत, नृत्य एवं नाटक संस्कृति र वाङ्मयको विकासका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना गरेको र प्रतिष्ठानले देशभर सङ्गीत, नृत्य र नाटकसम्बन्धी उत्सव, प्रशिक्षण, खोज, सम्मान र अन्वेषणात्मक कार्य गरिरहेको जानकारी पाउँदा खुशी लागेको उनले बताए
“श्रष्टाको सम्मानले प्रतिभालाई सिर्जनाको क्षेत्रमा कर्मशील हुने प्रेरणा प्रदान गर्दछ, अग्रज स्रष्टाको सम्मान गर्नु सम्पूर्ण संस्कृति र सिर्जनालाई सम्मान गर्नु हो, यस्तो परिपाटीले विश्वमा राष्ट्रको सभ्यताको परिचय दिन्छ”, राष्ट्रपति पौडेलले भने । उनले साधकहरूको समुचित सम्मानले साधनाको सम्मान हुन्छ र यो सम्मानको परम्परालाई अरु अर्थपूर्ण, अरु गतिशील पार्नु समयको आवश्यकता हो भनेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कारबाट वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा, लोकगायक बोमबहादुर कार्की, शास्त्रीय सङ्गीत साधक चन्दनकुमार श्रेष्ठ, नृत्य निर्देशक जोगेन्द्र के.सी., नाटककार गोपाल देवान र गायिका तारा थापालाई पुरस्कृत गरेका छन् ।


प्रकाशित मिति: १२ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?