Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संगीत र नाट्य कला समाजको अभिन्न अंग हो : राष्ट्रपति पौडेल


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संगीत र नाट्य कला समाजको अभिन्न अंग भएको र यो हाम्रो पहिचान, इतिहास र भावी पुस्ताको लागि महत्वपूर्ण सम्पत्ति भएको बताएका छन् ।

शीतल निवासमा बुधबार भएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० वितरण समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका छन् ।

‘नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले समृद्ध मुलुक हो, हाम्रा पुर्खाहरूले हामीलाई धरोहरकारुपमा छोडी गएका धर्म, दर्शन, कला र संस्कृति नैं हाम्रो राष्ट्रिय जीवनका परिचायक हुन्’, उनले भने ,“ देशका अमूल्य कला र संस्कृतिलाई सुरक्षित गरी यीनमा नविन विशेषताहरू जोड्दै जानु आजको चेतनशील समाजको कर्तव्य हो ।”

उनले हामीले इतिहासमा गर्व गरेर मात्र पुग्दैन, इतिहास निर्माण गर्ने काममा पनि सदा प्रयत्नशील हुनुपर्छ भन्नुभयो । हाम्रो देशका संस्कृति साधक, साहित्यकार, कलाकारहरूले सँधै सचेत र सम्वेदनशील रही सांस्कृतिक उत्थान एवं राष्ट्रिय एकतालाई सवल बनाउने कार्यमा आफूलाई समर्पित गर्दै आउनु खुशीको विषय भएको उनको भनाइ थियो ।

नेपालको सांस्कृतिक धरोहरलाई जोगाउने र यसलाई विश्वभरि चिनाउन यस क्षेत्रमा क्रियाशील व्यक्तिहरुको योगदान अविस्मरणीय रहेको उल्लेख गरे । “संस्कृति नेपालीहरूको जीवनशैली हो र संस्कृति नेपालीको पहिचान पनि हो”, राष्ट्रपति पौडेलले भने ।

सरकारले नेपाली संगीत, नृत्य एवं नाटक संस्कृति र वाङ्मयको विकासका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना गरेको र प्रतिष्ठानले देशभर सङ्गीत, नृत्य र नाटकसम्बन्धी उत्सव, प्रशिक्षण, खोज, सम्मान र अन्वेषणात्मक कार्य गरिरहेको जानकारी पाउँदा खुशी लागेको उनले बताए
“श्रष्टाको सम्मानले प्रतिभालाई सिर्जनाको क्षेत्रमा कर्मशील हुने प्रेरणा प्रदान गर्दछ, अग्रज स्रष्टाको सम्मान गर्नु सम्पूर्ण संस्कृति र सिर्जनालाई सम्मान गर्नु हो, यस्तो परिपाटीले विश्वमा राष्ट्रको सभ्यताको परिचय दिन्छ”, राष्ट्रपति पौडेलले भने । उनले साधकहरूको समुचित सम्मानले साधनाको सम्मान हुन्छ र यो सम्मानको परम्परालाई अरु अर्थपूर्ण, अरु गतिशील पार्नु समयको आवश्यकता हो भनेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कारबाट वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा, लोकगायक बोमबहादुर कार्की, शास्त्रीय सङ्गीत साधक चन्दनकुमार श्रेष्ठ, नृत्य निर्देशक जोगेन्द्र के.सी., नाटककार गोपाल देवान र गायिका तारा थापालाई पुरस्कृत गरेका छन् ।


प्रकाशित मिति: १२ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?