कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका- ८ भैसहियाका २२ बर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका-१० धनकौलीका अन्दाजी १८ बर्षीय राजु ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो ।
बुधबार बिहान दुवै जनालाई खेतमा जाने क्रममा चट्याङ लागेका दुवै घटनास्थलमै मृत्यु भएको हो। मृतक दुइ जनाकै शव कपिलवस्तु अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ ।
प्रकाशित मिति: १२ असार २०८१, बुधबार