Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

ट्राफिक प्रहरी जवान हत्या आरोपमा पक्राउ परेका ६ जना जेल चलान


काठमाडौं । प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जना मध्ये ६ जना जेल चलान भएका छन् भने एक जना १६ वर्षभन्दा कम उमेरको रहेकाले परिवारको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश जारी गरेको छ ।

हत्या आरोपमा २१ वर्षीय आइते भनिने सचिन परियार, ५६ वर्षीया नुनमाया कार्की,। बिपना र बसन्ती भनिने बसुन्धरा कार्की, १ वर्षीय बुद्ध लामा तामाङ ,३० वर्षीय दोर्जे भनिने अमृत तामाङलाई पुर्पक्षका लागि अदालतले आदेश दिएसँगै कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । त्यसैगरी १७ वर्ष मात्रै पूरा भएकी अर्की एक किशोरीलाई भने बाल सुधार गृहमा पठाइएको छ ।

१३ वर्षका अर्का एक बालकलाई परिवारको जिम्मा लगाउन आदेश आएकाले परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १२ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?