काठमाडौँ । अविरल वर्षाका कारण मङ्गलवार आन्तरिकतर्फका उडानहरू प्रभावित बन्न पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ११ बजेसम्म एक दर्जन हाराहारी आन्तरिक उडानहरू प्रभावित बनेका छन् ।
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम
आज मिति २०८१ साल साउन २२ गते मंगलवार( 06 August, 2024) श्रावण शुक्लपक्ष द्वितिय १८:१८ बजेसम्म, त्यसपछी तृतीया मेष – बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीबन सुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट
काठमाडौँ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमा जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको बताएको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमा जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा काउन्सिलका पदाधिकारीसँग उनले त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका महत्त्वपूर्ण बताएका हुन् । राष्ट्रपति पौडेलले नयाँ मिडियाले ल्याएका चुनौतीलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव
काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न निर्देशन दिएको छ । बंगलादेशमा विकसित घटनापछि गृहमन्त्री लेखकले चार वटै सुरक्षा निकायका उच्च अधिकारीहरुसहितको बैठक आह्वान गरेका थिए। गृहमन्त्री लेखकले बंगलादेश घटनाक्रमसँगै त्यसले नेपालमा पार्ने असरका बारे समीक्षा गर्दै स्थल नाकाबाट
काठमाडौं । प्रधानमन्त्री पदबाट राजीनामा दिएर सरकार संगै बंगलादेश छाडेकी शेख हसिना अब बंगलादेशको राजनीतिमा नफर्किने उनका छोराले बताएका छन् । बीबीसीसँग कुरा गर्दै हसिनाका छोरा सजीब वाजेदका अनुसार हसिनाले आइतबार नै राजीनामाबारे सोच बनाएकी थिइन् । उनि भन्छन्, ‘जति बेला उहाँ सत्तामा आउनुभयो, बंगलादेश एउटा विफल राज्यजस्तो थियो ।
काठमाडौं । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले बंगलादेश घटनाबाट सर्वशक्तिमान जनता नै हुन् भन्ने पुनर्पुष्टि भएको बताएका छन् । बंगलादेश घटनालाई उद्धृत गर्दै सचिव विष्टले भनेका छन्, “बंगलादेशको पछिल्लो घटनाले ‘सर्वशक्तिमान जनता नै हुन् र अन्तिम शक्ति जनतामै निहीत रहन्छ’ भन्ने कुराको पुर्नपुष्टि भएको छ ।” उनले भने, “विगत
काठमाडौं । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री हसिनाको राजीनामालगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुख वाकर उज-जमानले हिंसा अन्त्य गर्न आग्रह गर्दै सबै दललाई बोलाएको बताएका छन्। उनले भने, “हामी अन्तरिम सरकार बनाउने छौँ । यसले बंगलादेशका लागि
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार कर्णाली प्रदेश सभामा यामलाल कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ सांसदले मत दिए । कुल ४० सदस्यीय प्रदेश सभामा सोमबार ३७ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३ विपक्षमा १४ मत परेको