Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित : परराष्ट्र मन्त्रालय


काठमाडौँ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमा जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको बताएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमा जारी गर्दै लेबनानमा रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरूपमा सचेत रहेको छ । हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।’’

यसैगरी तत्कालै थप कुनै सहयोग आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिकहरू तथा उहाँहरूका आफन्तहरूले कायरोस्थित नेपाली राजदूतावास तथा परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार नेपाली राजदूतावास कायरोका द्वितीय सचिव दीपक घिमिरेलाई +२०१०९७७७२३४८ र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई +९७७९८४९१७९५२० मा सम्पर्क गर्न सकिने ।

मन्त्रालयले, लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि नेपाली राजदूतावास, कायरोको वेबसाइटमा रहेको लिङ्क https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebabon/मार्फत् आवश्यक विवरण उपलब्ध गराउनुहुन समेत लेवनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई अनुरोध छ ।


प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?