Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न  केन्द्रीय सुरक्षा समिति बैठकको निर्देशन


काठमाडौं । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले  नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न  निर्देशन दिएको छ ।

बंगलादेशमा विकसित घटनापछि गृहमन्त्री लेखकले चार वटै सुरक्षा निकायका उच्च अधिकारीहरुसहितको बैठक आह्वान गरेका थिए।  गृहमन्त्री लेखकले बंगलादेश घटनाक्रमसँगै त्यसले नेपालमा पार्ने असरका बारे समीक्षा गर्दै स्थल नाकाबाट हुने आवत् जावत्‌लाई व्यवस्थित गर्न र चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको हो ।

बैठकले बंगलादेशमा पक्ष र विपक्ष समूहबाट पीडित भएका नागरिक नेपाल प्रवेश गर्न सक्ने जोखिमलाई विशेष रुपमा निगरानीमा राखिएको छ ।

बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहितका उच्च सुरक्षा अधिकारीहरु सहभागी थिए।


प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?