Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

शेख हसिना अब राजनीतिमा नफर्किने !


काठमाडौं । प्रधानमन्त्री पदबाट राजीनामा दिएर सरकार संगै बंगलादेश छाडेकी शेख हसिना अब बंगलादेशको राजनीतिमा नफर्किने उनका छोराले बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै हसिनाका छोरा सजीब वाजेदका अनुसार हसिनाले आइतबार नै राजीनामाबारे सोच बनाएकी थिइन् । उनि भन्छन्, ‘जति बेला उहाँ सत्तामा आउनुभयो, बंगलादेश एउटा विफल राज्यजस्तो थियो । गरिब थियो । आज एसियाको उदाउँदो बाघ मानिन्छ ।’

उनका अनुसार अल्पसंख्यकका लागि निकै मिहिनेत गर्दा पनि अल्पसंख्यकहरु आफ्नो विरुद्ध उत्रिएकामा हसिना निकै निराश छिन् । परिवार र आफ्नो सुरक्षाका लागि देश छाडेकाले अब राजनीतिमा नफर्किने उनको दाबी छ ।उनी परिवारसहित भारत आइपुगेकी छन् । तर भारतमा राजनीतिक शरण नमागेकाले लण्डन (बेलायत) जाने अनुमान छ ।


प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?