Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

शेख हसिना अब राजनीतिमा नफर्किने !


काठमाडौं । प्रधानमन्त्री पदबाट राजीनामा दिएर सरकार संगै बंगलादेश छाडेकी शेख हसिना अब बंगलादेशको राजनीतिमा नफर्किने उनका छोराले बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै हसिनाका छोरा सजीब वाजेदका अनुसार हसिनाले आइतबार नै राजीनामाबारे सोच बनाएकी थिइन् । उनि भन्छन्, ‘जति बेला उहाँ सत्तामा आउनुभयो, बंगलादेश एउटा विफल राज्यजस्तो थियो । गरिब थियो । आज एसियाको उदाउँदो बाघ मानिन्छ ।’

उनका अनुसार अल्पसंख्यकका लागि निकै मिहिनेत गर्दा पनि अल्पसंख्यकहरु आफ्नो विरुद्ध उत्रिएकामा हसिना निकै निराश छिन् । परिवार र आफ्नो सुरक्षाका लागि देश छाडेकाले अब राजनीतिमा नफर्किने उनको दाबी छ ।उनी परिवारसहित भारत आइपुगेकी छन् । तर भारतमा राजनीतिक शरण नमागेकाले लण्डन (बेलायत) जाने अनुमान छ ।


प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?