रुकुम पश्चिम । रुकुम पश्चिममा एक वर्षको सयममा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु बिक्री भएको छ । गत आव २०७९/८० मा जिल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्ला भित्र र बाहिर गरेर ६९ करोड १९ लाख आठ हजार रुपैयाँको माछामासु बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त
गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन् । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आइपुगेका हुन् । गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन,
चितवन । पूर्वअर्थमन्त्री महेश आचार्यले देशको अर्थतन्त्रमा सुधार ल्याउन अभियानका रूपमा आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएका छन् । आज पत्रकारहरुसँगको कुराकानीमा उनले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरी जागरुक गराउने खालको अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् । “जुन अभियानले लगानीका गन्तव्य नेपाल बनोस् । देशभित्रका उद्यमी र
देउखुरी,दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क बस्ने करिब १८ वर्षीय विवेक नेपाली प्रतिष्ठानको शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । नेपालीले आफू
चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । छ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका ग्राहकबाट रु ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी रहेको छ र कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार घरायसी बिजुली उपभोग
काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति
काठमाडौं । बाराको मस्जिद चोकमा गोली चलेको छ । मोटरसाइकलमा आएका व्यक्तिले एक जनालाई गोली हानेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले बताएका छन् । उक्त घाइतेलाई अस्पताल लगिएको छ भने गोली चलाउने व्यक्तिको खोजी सुरु भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
पोखरा । पोखराको मित्रमिलन सहकारी संस्थाविरुद्ध सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीमा बचतकर्ताले उजुरी दिएका छन् । आफूहरुको बचत हिनामिना भएको र फिर्ता माग्दासमेत नदिएकोे दाबी गर्दै उनीहरु सहकारी रजिष्टारको आइतबार शरणमा पुगेका हुन् । आइतबार सहकारी रजिष्टारको कार्यालय गण्डकीले आवश्यक छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेखेको थियो । सहकारी
गलेश्वर, म्याग्दी । दसैँ सकियसँगै प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा उपचारका लागि आएको बिरामीको भीड लागेको छ । बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्नेको घुइँचो लागेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काका अनुसार दैनिक दुई सयको हाराहारीमा तातोपानी
काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह बी को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले बहराइनलाई पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । बराइनले दिएको १३६ रनको लक्ष्य युएईले १८ दशमलव २ ओभरमा ५