Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
४ माघ २०८२, आईतवार
४ माघ २०८२, आईतवार

दाङका फरार अभियुक्त पुनः पक्राउ


देउखुरी,दाङ ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क बस्ने करिब १८ वर्षीय विवेक नेपाली प्रतिष्ठानको शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । नेपालीले आफू अस्वस्थ रहेको बताएपछि प्रहरीले जचाउन लगेको थियो त्यस क्रममा शौचालय जाने बाहाना बनाएर भाग्न खोजेका नेपालीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लले बताएका छन् । मोबाइल चोरी गरेको अभियोगमा तीन दिनअघि पक्राउ परेका नेपाली यसअघि पनि पटक पटक चोरी गरेको अभियोगमा परेका थिए ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?