Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
४ माघ २०८२, आईतवार
४ माघ २०८२, आईतवार

रुकुम पश्चिमबाट ६९ करोड बढीको माछामासु बिक्री


रुकुम पश्चिम । रुकुम पश्चिममा एक वर्षको सयममा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु बिक्री भएको छ । गत आव २०७९/८० मा जिल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्ला भित्र र बाहिर गरेर ६९ करोड १९ लाख आठ हजार रुपैयाँको माछामासु बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिएका छन् । उनका अनुसार मासु ६७ करोड १४ लाख र माछा दुई करोड पाँच लाख रुपैयाँको बिक्री भएको छ । माछा मासु उत्पादन र प्रयोगका हिसाबले जिल्ला आत्मनिर्भर बन्दै गएको निमित्त प्रमुख शर्माले बताए । जिल्लामा गत आव २०७९/८० मा आठ सय ३९ दशमलव २६ मेट्रिकटन अर्थात् आठ लाख नौ हजार दुई सय २० केजी मासु उत्पादन भएर बिक्री भएको छ भने माछा दुई सय ३१ मेट्रिकटन अर्थात् दुई लाख ३१ हजार केजी उत्पादन भएको छ ।

जिल्लामा मासु पर्याप्त भएपछि खसी, बोका चितवन काठमाडौं लगायतका विभिन्न बजारमा पठाउने गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका र बाँफीकोट गाउँपालिकामा व्यवसायिकरुपमा बाख्रापालन गरिएकाले धेरै मासु उत्पादन हुने गरेको निमित्त प्रमुख शर्माको भनाइ छ । माछाका लागि जिल्लामा विशेष गरी स्र्यापू ताल, भेरी नदी, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा उत्पादन हुने गरेको छ । स्थानीय उत्पादनले अण्डामा भने जिल्ला अपर्याप्त रहेको उहाँको भनाइ छ ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?