Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

पोखराको मित्रमिलन सहकारीविरुद्ध उजुरी, अध्यक्ष र प्रबन्धक हिरासतमा


पोखरा । पोखराको मित्रमिलन सहकारी संस्थाविरुद्ध सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीमा बचतकर्ताले उजुरी दिएका छन् । आफूहरुको बचत हिनामिना भएको र फिर्ता माग्दासमेत नदिएकोे दाबी गर्दै उनीहरु सहकारी रजिष्टारको आइतबार शरणमा पुगेका हुन् । आइतबार सहकारी रजिष्टारको कार्यालय गण्डकीले आवश्यक छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेखेको थियो । सहकारी प्रदेश सहकारी रजिष्टारअन्तर्गत खुलेकोले सबैभन्दा पनि उसैले छानबिन गरेर हामीलाई प्रतिवेदन बुझाउनपर्छ, त्यसका लागि हामीले पनि पत्र पठाइसकेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी मोहन थापाले भने ।

सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीका निमित्त प्रमुख ईश्वरी ढकालले मित्रमिलनका ३४ जना बचतकर्ताले एकसाथ उजुरी दिएको जानकारी दिइन् । सहकारी रजिष्टारको कार्यालयले प्रतिवेदन दिनासाथ आफूहरु कानुनी कारबाहीका लागि तयार रहेको एसपी थापाले जानकारी दिए । रजिष्टार कार्यालयले अध्ययन गरेर फेहरिस्त प्रतिवेदन पठाएपछि उनीहरुको भूमिका सुरु हुने उनले बताए । मित्रमिलन सहकारीका अध्यक्ष र प्रबन्धक भने यतिबेला प्रहरी हिरासतमा छन् । बचतकर्तालाई दिएको चेक नसाटिएपछि अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीविरुद्ध उजुरी परेको थियो ।

बचतकर्ताको उजुरीका आधारमा गत शनिबार उनीहरु प्रक्राउ परेका हुन् । एसपी थापाले बैंकिङ कसुरमा पक्राउ परेका पौडेल र अधिकारीमाथि अनुसन्धान भइरहेको जानकारी दिए । २२ सयजनाभन्दा बढी बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि अहिले मित्रमिलन सहकारी संकटमा छ । सहकारीमा पैसा बचत गरेका बचतकर्ताहरु दैनिक धाउँदा पनि फिर्ता नपाएको गुनासो गर्दै आएका छन् । सहकारीका अनुसार करिब २० करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?