Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

पोखराको मित्रमिलन सहकारीविरुद्ध उजुरी, अध्यक्ष र प्रबन्धक हिरासतमा


पोखरा । पोखराको मित्रमिलन सहकारी संस्थाविरुद्ध सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीमा बचतकर्ताले उजुरी दिएका छन् । आफूहरुको बचत हिनामिना भएको र फिर्ता माग्दासमेत नदिएकोे दाबी गर्दै उनीहरु सहकारी रजिष्टारको आइतबार शरणमा पुगेका हुन् । आइतबार सहकारी रजिष्टारको कार्यालय गण्डकीले आवश्यक छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेखेको थियो । सहकारी प्रदेश सहकारी रजिष्टारअन्तर्गत खुलेकोले सबैभन्दा पनि उसैले छानबिन गरेर हामीलाई प्रतिवेदन बुझाउनपर्छ, त्यसका लागि हामीले पनि पत्र पठाइसकेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी मोहन थापाले भने ।

सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीका निमित्त प्रमुख ईश्वरी ढकालले मित्रमिलनका ३४ जना बचतकर्ताले एकसाथ उजुरी दिएको जानकारी दिइन् । सहकारी रजिष्टारको कार्यालयले प्रतिवेदन दिनासाथ आफूहरु कानुनी कारबाहीका लागि तयार रहेको एसपी थापाले जानकारी दिए । रजिष्टार कार्यालयले अध्ययन गरेर फेहरिस्त प्रतिवेदन पठाएपछि उनीहरुको भूमिका सुरु हुने उनले बताए । मित्रमिलन सहकारीका अध्यक्ष र प्रबन्धक भने यतिबेला प्रहरी हिरासतमा छन् । बचतकर्तालाई दिएको चेक नसाटिएपछि अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीविरुद्ध उजुरी परेको थियो ।

बचतकर्ताको उजुरीका आधारमा गत शनिबार उनीहरु प्रक्राउ परेका हुन् । एसपी थापाले बैंकिङ कसुरमा पक्राउ परेका पौडेल र अधिकारीमाथि अनुसन्धान भइरहेको जानकारी दिए । २२ सयजनाभन्दा बढी बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि अहिले मित्रमिलन सहकारी संकटमा छ । सहकारीमा पैसा बचत गरेका बचतकर्ताहरु दैनिक धाउँदा पनि फिर्ता नपाएको गुनासो गर्दै आएका छन् । सहकारीका अनुसार करिब २० करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।


प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?