१५ असार ,काठमाडौँ । मुलुकमा औद्योगिक वातावरण बनाउने र नयाँ उद्योग स्थापना गर्ने लक्ष्यका साथ सरकारले थप विभिन्न सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । थप औद्योगिक ग्राम स्थापना हुने स्थानमा कालीकोटाको रास्कोट, नरहरिनाथ, बाँकेको राप्तिसोनारी, पाल्पाको रम्भा, अर्घाखाँचीको शितगङ्गा, पर्साको जगरनाथपुर र बाराको महागढीमाई नगरपालिकामा रहेका छन्
१५ असार ,लुम्बिनी । बिरामीको उपचारका लागि रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट आजदेखि ‘रक्त सङ्कलन मोबाइल एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको छ । उक्त रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ । रगत सङ्कलन गर्दै हिँड्ने एम्बुलेन्स बुटवलमा पहिलोपल्ट भित्र्याइएपछि अब रक्तदानमा सहजता हुने अपेक्षा गरिएको छ । रोटरी
१५ असार, चितवन । बिहीबार बिहानदेखि नै बन्द भएको मुग्लिन-नारायणगढ सडकखण्ड सुचारू भएको छ । इच्छाकामना गाउँपालिकामा पर्ने ३ नम्बर पुलमा पहिरो गएका कारण अवरूद्ध भएको बाटो ३२ घण्टापछि सञ्चालन भएको हो । नेपाल प्रहरीले पहिरो पन्छाउने काम सकिएसँगै शुक्रबार साँछ ५ः २० बजेबाट बाटो दुइ तर्फी नै सञ्चालन भएको
१५ असार, एजेन्सी । प्रहरीको नियन्त्रणमा रहेका एक जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ । गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो सङ्ख्यलाई पक्राउ गरेको हो । “हिजो राति प्रहरी र अग्निनियन्त्रकहरूले फेरि साहसपूर्वक अर्को ठूलो हिंसाको सामना
१५ असार, काठमाडाैँ । सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले सवारी तथा यातायात व्यवस्था (नवौं संशोधन) नियमावली, २०८० स्वीमृत गर्ने निर्णय भएको जानकारी दिइन् ।
१५ असार, काठमाडाैँ । पप्पु कन्स्ट्रक्सन कम्पनीका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । राैनियार र उनका छोरा सुमित रौनियारविरूद्ध ठगीको मुद्दा परेको थियो । सोही मुद्दामा जिल्ला अदालत बाँकेले गत वैशाख १० गते उनलाई पक्राउ गर्न आदेश दिएको थियो
१५ असार, सङ्खुवासभा । सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए । चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ शव
१५ असार, काठमाडौं । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढे्का छन् । बागमती प्रदेश सरकारले गरेको निर्णय अनुसार काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले गत फागुनदेखि ट्रायल दिँदा ७० प्रतिशत आए
१५ असार, हेटाैँडा । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् । नारायणगढबाट जनकपुरका लागि आएको ना ६ ख ९८०४ नम्बरको बस शुक्रबार दिउँसो अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो। बस दुर्घटनामा घाइते भएकामध्ये १० जनाको
१५ असार, काठमाडाैँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेकाले दायर गरेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । सो प्रकरणमा पक्राउ सुधीरकुमार शाहको हकमा अभिषेक विक्रम शाह, धर्मप्रसाद गौतमको हकमा सरोज गौतम र मीनबहादुर गुरुङको हकमा विद्या गुरुङले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट