Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

भक्तपुरको ख्योपुखुमा दर्शनार्थीको घुइँचो


१६ ,श्रावण ,भादगाउँ । अधिक साउन पूर्णिमाको अवसरमा आज भक्तपुर नगरपालिका–२ महाकालीस्थित ख्योपुखुमा दर्शनार्थीको घुइँचो लागेको छ ।

अधिकमासमा एक महिना मेला लाग्ने यस ख्योपुखुमा मत्स्यनारायण दर्शनका लागि भक्तजनको मेला लाग्ने गर्दछ । आजको दिन ख्योपुखुमा नुहाइधुवाइ गरी चोखो लुगा लगाएर मत्स्यनारायण महादेवलाई गङ्गाजल, पञ्चामृतले स्नान गराइ केरा, हरियो काँचो केराउ, मालपुवा चढाइ घिउको दियो बाल्ने परम्परा रहेको छ ।

आजको दिन ख्योपुखुमा स्नान गर्नाले शरीरमा भएका घाउ खटिरा निको हुनुका साथै मस्यनारायणको पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने धार्मिक मान्यता छ ।

त्यसैगरी अधिक साउन पूर्णिमाका अवसरमा आज ख्योपुखुलगायत भक्तपुरको उद्योग क्षेत्र कालढचा, छालिङ र यातु महादेवस्थित नारायणको मन्दिरमा समेत मेला लागेको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?