Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

हराएका सवारीसाधन धनीलाई फिर्ता


१६ ,श्रावण ,काठमाडौँ । विभिन्न मितिमा हराएका २१ दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ ।

रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १३ मोटरसाइकल र आठवटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् ।

यो सँगै साउन महिनामा २९ वटा सवारीसाधन धनीलाई जिम्मा लगाइसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताएका छन् । यस्तै चोरीको मोटरसाइकलसहित साउन १२ गते काठमाडौंको तारकेश्वर नगरपालिका–५ गुम्बाबाट नियन्त्रणमा आएका एक जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

सवारीसाधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरिएको छ ।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?