Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

गठबन्धन सरकार दायाँबायाँ हुँदैन, पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड


१६ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकार पाँच वर्षसम्म कायम रहने बताएका छन्। उनले अब गठबन्धन सरकार दायाँबायाँ नहुने स्पष्ट गरे।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कर्मचारीले खिर खाने दिन (साउन १५) का अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक अस्थिरताको अन्त्य भएको बताए। उनले अब राजनीतिक उतारचढावको स्थिति अन्त्य भएको उल्लेख गर्दै भने, “सबैलाई ढुक्कसँग काम गर्न अनुरोध गर्दछु। अहिलेको गठबन्धन सरकार पाँचै वर्ष रहने स्थिति भएको छ। के होला, कसो होला भन्ने दुबिधा छैन। अस्थिरता हुने स्थिति टुङ्गिएको छ।”

उनले वर्तमान सरकारले पूर्ण कार्यकाल काम गर्ने भएकाले दीर्घकालीन योजना तयार गरी अगाडि बढ्नुपर्ने बताए। राजनीतिक अस्थिरतालाई मानसपटलबाट हटाउन कर्मचारीलाई उनले आग्रह गरे। “प्रधानमन्त्री कार्यालयलाई अझ व्यवस्थित बनाउन लाग्नुपर्ने छ। नेपाल सरकारका सचिवहरूलाई प्रधानमन्त्री कार्यालयमा सरुवा हुने भएपछि हेपाइ भएको जस्तो स्थिति छ,” उनले भने, “खासमा विदेशमा प्रधानमन्त्री कार्यालयमा सरुवा हुन प्रतिस्पर्धा हुन्छ। नेपालमा यस्तो स्थिति छैन। अब प्रधानमन्त्री कार्यालयमा सरुवा हुँदा सम्मानित भएको महसुस गर्ने वातावरण बनाउनुपर्छ।”


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?