Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’


१६ ,श्रावण ,काठमाडौँ । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सोमबारदेखि अठार दिने तालिम सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले तालिमको शुभारम्भ गर्दै नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई पर्यटन प्रहरीले दिने सेवालाई थप विशिष्टिकृत र व्यावसायिक दक्षतालाई अझै वृद्धि गर्दै जानुपर्ने बताए ।

विश्वसमुदाए नेपाली संस्कृतिको ‘अतिथि देवो भवः’ भन्ने मान्यताले एक फरक एवं विशिष्पहिचान छाडेको उनको भनाइ छ । कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिषनका निर्देशक प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले तालिमबाट प्रशिक्षित प्रशिक्षार्थीले कार्यक्षेत्रमा प्रतिबद्ध रहन अत्यन्त हौसला पुर्याउने विश्वास व्यक्त गरे ।

सीमित स्रोत र साधनका बाबजुद पनि पर्यटकको सुरक्षामा पर्यटक प्रहरीले विशेष भूमिका खेलेको उनको भनाइ थियो । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको विशेष योगदान रहेको र पर्यटक प्रहरी त्यस क्षेत्रको मेरुदण्डका रूपमा रहेको उल्लेख गरे ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका ट्राभल एन्ड रिसर्च विभागका प्रमुख अजयकुमार ढकालले उक्त तालिम पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा एक कोशेढुङ्गाको रूपमा स्थापित भएको बताए ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले तालिमबाट पर्यटक प्रहरीको कार्यदक्षतामा अभिवृद्धि हुने विश्वास व्यक्त गरे । प्रशिक्षणमा प्रहरी सहायक निरीक्षक चार, प्रहरी हवल्दार पाँच, प्रहरी सहायक हवल्दार सात र प्रहरी जवान १४ गरी जम्मा ३० प्रशिक्षार्थी सहभागी छन् ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?