Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’


१६ ,श्रावण ,काठमाडौँ । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सोमबारदेखि अठार दिने तालिम सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले तालिमको शुभारम्भ गर्दै नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई पर्यटन प्रहरीले दिने सेवालाई थप विशिष्टिकृत र व्यावसायिक दक्षतालाई अझै वृद्धि गर्दै जानुपर्ने बताए ।

विश्वसमुदाए नेपाली संस्कृतिको ‘अतिथि देवो भवः’ भन्ने मान्यताले एक फरक एवं विशिष्पहिचान छाडेको उनको भनाइ छ । कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिषनका निर्देशक प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले तालिमबाट प्रशिक्षित प्रशिक्षार्थीले कार्यक्षेत्रमा प्रतिबद्ध रहन अत्यन्त हौसला पुर्याउने विश्वास व्यक्त गरे ।

सीमित स्रोत र साधनका बाबजुद पनि पर्यटकको सुरक्षामा पर्यटक प्रहरीले विशेष भूमिका खेलेको उनको भनाइ थियो । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको विशेष योगदान रहेको र पर्यटक प्रहरी त्यस क्षेत्रको मेरुदण्डका रूपमा रहेको उल्लेख गरे ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका ट्राभल एन्ड रिसर्च विभागका प्रमुख अजयकुमार ढकालले उक्त तालिम पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा एक कोशेढुङ्गाको रूपमा स्थापित भएको बताए ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले तालिमबाट पर्यटक प्रहरीको कार्यदक्षतामा अभिवृद्धि हुने विश्वास व्यक्त गरे । प्रशिक्षणमा प्रहरी सहायक निरीक्षक चार, प्रहरी हवल्दार पाँच, प्रहरी सहायक हवल्दार सात र प्रहरी जवान १४ गरी जम्मा ३० प्रशिक्षार्थी सहभागी छन् ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?