डोटी। डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो । उक्त जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो ।
काठमाडौं। सुजन थपलियाको शतकका बावजुद कोशी प्रदेशमाथि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट हात पारेको छ । उक्त प्रतियोगितामा यो पुलिसको लगातार दोस्रो जित हो भने कोशी लगातार तीन खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पुलिसले कोशीमाथि ७ विकेटको जित निकालेको हो। कोशीले
वालिङ,स्याङ्जा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का बेला गण्डकी प्रदेश सरकार जनताको साथमा छ भन्ने प्रत्याभूति गराएको बताएका छन् । २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज स्याङ्जाको वालिङमा भएको उद्धार विपद् तथा नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशका विभिन्न ठाउँमा भएका विपदका समयमा गण्डकी प्रदेश सरकार तत्कालै विपद
चितवन। माडी नगरपालिकाले कृत्रिम गर्भाधानबाट सुत्केरी भएका पशुचौपायालाई सुत्केरी भत्ताबापत रु एक हजार दिने गरेको छ । उक्त नगरभित्र रहेका गाईभँैसीमा कृत्रिम गर्भाधान गराई सुत्केरी भएका पशुलाई आहाराका लागि सो रकम दिने गरिएको हो । भत्ता दिन थालेसँगै पशु बीमा गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ । सो नगरपालिकाका पशुपन्छी
चितवन। पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर
काठमाडौं। रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस-युक्रेन युद्धमा मृत्यु भएको हो । मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरूले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका बताइएको छ । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर
काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । उक्त जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको हो । त्यस्तै,
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। रास्वपाका सचेतक निशा डाँगी, सहमहामन्त्री सुमना श्रेष्ठ र पूर्वधार विभागका सचिव कृष्ण भेटवालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामार्फत् दुर्घटना न्यूनीकरणका लागि दबाब दिएका हुन्। माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौँको चन्द्रागिरि र बाग्लुङको ढोरपाटनमा भएका
काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वयंसेवालाई राष्ट्रिय प्रणालीमा आबद्ध गरेर विपद्जन्य जोखिम व्यवस्थापन गर्ने योजना बनेको बताएका छन् । काठमाडौं महानगरपालिकाले मङ्गलवार बिहान नयाँ सडकस्थित भूगोलपार्कमा आयोजना गरेको २६औँ भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। विपद् पूर्वतयारी र विपद्पछिको पुनर्निर्माण लगायतमा काठमाडौं महानगरले गरेको काम उदाहरणीय
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाहरूको बीमा गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । २६औँ भूकम्प सुरक्षा दिवस मूल समारोहमा बोल्दै प्रधानमन्त्रीले भौतिक संरचनाको बीमा गर्ने व्यवस्थामा जान आवश्यक रहेको बताउँदै मन्त्रिपरिषद्ले त्यसबारे अध्ययन गर्ने निर्णय गरेको बताएका हुन्। उक्त कार्यक्रममा