Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एकको मृत्यु, एक घाइते


डोटी। डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो ।

उक्त जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो । आज बिहान नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीया भगी भुल घाइते भएका थिए ।

भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको जनाइएको छ ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?