Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

विपद्जन्य जोखिम व्यवस्थापन गर्न स्वयंसेवालाई राष्ट्रिय प्रणालीमा जोड्न आवश्यक छ : गृहमन्त्री श्रेष्ठ


काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वयंसेवालाई राष्ट्रिय प्रणालीमा आबद्ध गरेर विपद्जन्य जोखिम व्यवस्थापन गर्ने योजना बनेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले मङ्गलवार बिहान नयाँ सडकस्थित भूगोलपार्कमा आयोजना गरेको २६औँ भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। विपद् पूर्वतयारी र विपद्पछिको पुनर्निर्माण लगायतमा काठमाडौं महानगरले गरेको काम उदाहरणीय रहेको भन्दै मन्त्री श्रेष्ठले काठमाडौं महानगरबाट अन्य स्थानीय तहले पनि सिक्नुपर्ने बताएका छन्।

‘काठमाडौं महानगरपालिकाले विपद् पूर्वतयारी, विपद्का समयमा गरिने खोज तथा उद्धार, विपद्पछिको पुनर्निर्माणमा गरेको काम अन्य पालिकाहरूका लागि पनि सिकाइ रहेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘जाजरकोट भूकम्पमा काठमाडौं महानगरपालिकाले गरेको सहयोग उदाहरणीय छ।’

काठमाडौंका सामुदायिक विद्यालय र सडक पुल निर्माणका लागि अन्तरसरकार समन्वयबाट काम गर्नुपर्ने उनले प्रस्ट पारे। श्रेष्ठले भने, ‘भूकम्पप्रतिरोधी संरचना निर्माण गर्न रैथाने सीपको प्रयोग हुन सक्छ । हामीले ठूला भूकम्पको कम्पन थेगेका सम्पदा क्षेत्रका संरचनाको परम्परागत निर्माण प्रविधिको अध्ययन र प्रवर्द्धन गर्न सक्छौँ।’


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?