Trending
>>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

विपद्जन्य जोखिम व्यवस्थापन गर्न स्वयंसेवालाई राष्ट्रिय प्रणालीमा जोड्न आवश्यक छ : गृहमन्त्री श्रेष्ठ


काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वयंसेवालाई राष्ट्रिय प्रणालीमा आबद्ध गरेर विपद्जन्य जोखिम व्यवस्थापन गर्ने योजना बनेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले मङ्गलवार बिहान नयाँ सडकस्थित भूगोलपार्कमा आयोजना गरेको २६औँ भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। विपद् पूर्वतयारी र विपद्पछिको पुनर्निर्माण लगायतमा काठमाडौं महानगरले गरेको काम उदाहरणीय रहेको भन्दै मन्त्री श्रेष्ठले काठमाडौं महानगरबाट अन्य स्थानीय तहले पनि सिक्नुपर्ने बताएका छन्।

‘काठमाडौं महानगरपालिकाले विपद् पूर्वतयारी, विपद्का समयमा गरिने खोज तथा उद्धार, विपद्पछिको पुनर्निर्माणमा गरेको काम अन्य पालिकाहरूका लागि पनि सिकाइ रहेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘जाजरकोट भूकम्पमा काठमाडौं महानगरपालिकाले गरेको सहयोग उदाहरणीय छ।’

काठमाडौंका सामुदायिक विद्यालय र सडक पुल निर्माणका लागि अन्तरसरकार समन्वयबाट काम गर्नुपर्ने उनले प्रस्ट पारे। श्रेष्ठले भने, ‘भूकम्पप्रतिरोधी संरचना निर्माण गर्न रैथाने सीपको प्रयोग हुन सक्छ । हामीले ठूला भूकम्पको कम्पन थेगेका सम्पदा क्षेत्रका संरचनाको परम्परागत निर्माण प्रविधिको अध्ययन र प्रवर्द्धन गर्न सक्छौँ।’


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?