Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

कोशी प्रदेशमाथि पुलिस क्लबको उत्कृष्ट जित


काठमाडौं। सुजन थपलियाको शतकका बावजुद कोशी प्रदेशमाथि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट हात पारेको छ । उक्त प्रतियोगितामा यो पुलिसको लगातार दोस्रो जित हो भने कोशी लगातार तीन खेलमा पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पुलिसले कोशीमाथि ७ विकेटको जित निकालेको हो। कोशीले दिएको १६७ रनको लक्ष्य पुलिसले ३ विकेटको क्षतिमा २३.१ ओभरमै पूरा गर्‍यो। पुलिसका लागि अर्जुन साउदले नटआउट ६२ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३८ रन जोडे । कुशल भुर्तेल १२, सुनील धमला १६ रन र दिलीप नाथ ३१ रन बनाएर आउट भएका थिए।

प्रधानमन्त्री कपमा यो चौथो शतक हो। यसअघि लगातार तीन दिन शतक प्रहार भएको थियो। पहिलो दिन नेपाल पुलिस क्लबका रशिद खान, दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोरा र तेस्रो दिन त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले शतक प्रहार गरेका थिए। ‍

बलिङमा कोशीका कमल खत्रीले २ विकेट लिए । त्यसअघि कोशीका लागि सुजन थपलियाले शतक प्रहार गरे । थपलियाले १०५ रन प्रहार गरेका हुन् । उनले १२६ बल खेल्दा ६ चौका र ८ छक्का प्रहार गरे । उनले राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो शतक प्रहार गरेका हुन्।

त्यस्तै, थपलियाले शतक प्रहार गरे पनि टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४८.२ ओभरमा १६६ रनमै अलआउट भयो।थपलियाबाहेक अंकित सुवेदीले १० रन र अभ्यान्स तिमिल्सिनाले २३ रन जोडे। कोशीका अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा नेपाल पुलिस क्लबका करण केसीले ३ विकेट लिए। उनले ९.२ ओभरमा २८ रन खर्चिए। ललित राजवंशी र सुनिल धमलाले २–२ विकेट लिए। रशिद खान, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट हात पारे।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?