Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

समाचार


गृहमन्त्री श्रेष्ठले उद्घाटन गरे मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय

१७ वैशाख, जनकपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनकपुरधामस्थित अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमको आयोजना गरी गृहमन्त्री श्रेष्ठले मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित हुलाक कार्यालय परिसरमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालयको समुद्घाटन गरेका हुन् ।

जापानमा औषधिको प्रयोग गरी गर्भपतन गराउने प्रस्ताव स्वीकृत

१७ वैशाख, एजेन्सी । जापानको स्वास्थ्य मन्त्रालयले प्रारम्भिक चरणको गर्भ पतन गर्न प्रयोग हुने औषधिलाई स्वीकृति दिएको छ । यो अनुमतिसँगै जापानमा पहिलो पटक गर्भपतनको चक्की उपलब्ध हुने भएको छ । जापानमा २२ हप्तासम्म गर्भपतनलाई कानुनी मान्यता दिइएको छ तर अहिलेसम्म यसको लागि शल्यक्रिया एक मात्र विकल्प रहेको थियो । यसका

टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार

१७ वैशाख, एजेन्सी । अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका आठ वर्षीय बालकसहित पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले शनिबार बताएका छन् । अनुसन्धानकर्ताहरूले बन्दुकधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको प्रशरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ । बच्चालाई सुताउने प्रयास गरिरहेका

दाङको कर्णाली ‘गङ्गटे’मा मन्त्री मास्की पुग्दा…

१७ वैशाख, दाङ । दाङको कर्णाली भनेर चिनिने ‘गङ्गटे’ भौगोलिक हिसाबले मात्रै नभई विकासका हिसाबले पनि निकै पछि छ । बबई गाउँपालिका–१ मा पर्ने उक्त ठाउँमा विद्युत्का पोल गाडिएको चार वर्ष भयो । दुई वर्षअघि त्यहाँ विद्युत् उद्घाटन पनि भयो । तर त्यो विद्युत् उद्घाटनको दिन मात्रै बल्यो, त्यसपछि विद्युत् बलेन

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबिच भेटवार्ता

१७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता अहिले पनि जारि रहेको छ। प्रधानमन्त्री प्रचण्डले अत्यधिक बहुमत ल्याएर विजयी भएकोमा लामिछानेलाई बधाइ दिएका छन्। उपनिर्वाचनबाट निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबिच पहिलो पटक भेट भएको

हर्षोल्लासका साथ मनाइयो जानकी नवमी

१७ वैशाख, जनकपुरधाम । त्रेता युगमा वैशाख शुक्ल नवमी दिन जगज्जननी माता जानकी प्रकट (जन्म) भएको उपलक्ष्यमा शनिवार मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी मनाइएको छ । नेपाललगायत भारतका सीता–राम मन्दिरमा मनाइने जानकी प्राकट्य महोत्सव मिथिलाका राजर्षि राजा जनकको राजधानी जनकपुरधाममा भने विगतका वर्षहरूमा जस्तै धूमधामका साथ मनाइएको जानकी मन्दिरका सहमहन्थ

कांग्रेस नेता डा भण्डारी आज स्वदेश फर्किदै

१७ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी आज उपचारपछि स्वदेश फर्किने भएका छन् । गत फागुन ३ गते बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास चुहावट हुँदा आगालागीमा परी घाइते भएका नेता भण्डारी भारतको मुम्बईमा साढे दुई महिना उपचारपछि आज स्वदेश फर्कन लागेका हुन् । गत मङ्सिर

चट्याङ लागेर महिलाको मृत्यु

१७ वैशाख ,ओखलढुङ्गा । शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र

सहिदको सम्मान उद्यान निर्माण गरिँदै

१७ वैशाख ,ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद उद्यान (पार्क) निर्माण गर्न थालेको छ । गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । सहिदउद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई

हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको नतिजा निराशाजनक

१७ वैशाख ,खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि १६ गतेसम्म कक्षा ४ देखि ९ सम्मको नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको हो

सम्वन्धित समाचारहरु