Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

भारतका सात राज्यमा अत्यधिक तातो, सतर्क रहन नागरिकलाई आग्रह


८ जेठ, एजेन्सी । भारतको मौसम विज्ञान विभागले सातै राज्यका लागि ‘उष्ण लहर’ का कारण वातावरण अत्यधिक तातो रहने भन्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

विभागका अनुसार उत्तर प्रदेश, पश्चिम बङ्गाल, झारखण्ड, दक्षिण हरियाणा, पश्चिम राजस्थान, छत्तीसगढ र उत्तरी मध्य प्रदेशका केही क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेको छ ।

आगामी पाँच दिनसम्म उडिसाका साथै कोंकण क्षेत्र, आन्ध्र प्रदेश, तमिलनाडु र केरलामा सोमबारसम्म तातो र असहज मौसम रहने अनुमान गरिएको छ ।

भारतका चर्को गर्मीले कैयौँ राज्यमा प्रभाव जमाइरहेका बेला मानिसहरूले राहतका लागि आइसक्रिम र चिसो पेय पदार्थको प्रयोग गर्न थालेपछि सम्बन्धित उद्योगहरूले माग अनुसार सामान आप्रर्ति गर्नसमेत कठिनाई हुन थालेको बताएका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?