Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

भारतका सात राज्यमा अत्यधिक तातो, सतर्क रहन नागरिकलाई आग्रह


८ जेठ, एजेन्सी । भारतको मौसम विज्ञान विभागले सातै राज्यका लागि ‘उष्ण लहर’ का कारण वातावरण अत्यधिक तातो रहने भन्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

विभागका अनुसार उत्तर प्रदेश, पश्चिम बङ्गाल, झारखण्ड, दक्षिण हरियाणा, पश्चिम राजस्थान, छत्तीसगढ र उत्तरी मध्य प्रदेशका केही क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेको छ ।

आगामी पाँच दिनसम्म उडिसाका साथै कोंकण क्षेत्र, आन्ध्र प्रदेश, तमिलनाडु र केरलामा सोमबारसम्म तातो र असहज मौसम रहने अनुमान गरिएको छ ।

भारतका चर्को गर्मीले कैयौँ राज्यमा प्रभाव जमाइरहेका बेला मानिसहरूले राहतका लागि आइसक्रिम र चिसो पेय पदार्थको प्रयोग गर्न थालेपछि सम्बन्धित उद्योगहरूले माग अनुसार सामान आप्रर्ति गर्नसमेत कठिनाई हुन थालेको बताएका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?