Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


म्याग्दीमा खेलमैदान बनाउन श्रमदान अभियान

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा खेलमैदान निर्माणका लागि श्रमदान अभियान चलाइएको छ । म्याग्दी नदी किनारको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्याएर बनाइएको खेल मैदानलाई स्तरोन्नति गरी प्रयोगयोग्य बनाउन श्रमदान अभियान सञ्चालन गरिएको हो । त्यस्तै, जनप्रतिनिधि, स्थानीय, खेलाडी र विद्यार्थीले श्रमदान गरेर खेलमैदान स्तरोन्नति गर्न लागिएको मङ्गला–५ का

आज रुपन्देही जाँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देही जाने भएका छन् । शाहको आज दिउँसो २ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पुग्ने कार्यक्रम रहेको छ । त्यस्तै, शाह बुटवल र भैरहवाका विभिन्न कार्यक्रममा सहभागी हुने र उनको अभिनन्दन गर्ने समेत कार्यक्रम छ । त्यसैगरी, शाहलाई विमानस्थलमा स्वागत गरिने अभिनन्दन मूल आयोजक समिति तथा राष्ट्रिय

अनियमितता भेटिए नसहने प्रधान न्यायाधीश श्रेष्ठको चेतावनी

काठमाडौं। प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कुनै पनि प्रकारको अनियमितता भेटिए आफूले नसहने बताएका छन् । उच्च अदालत पाटनको पेसी व्यवस्थापन अटोमेसन शुभारम्भ गर्दै आइतबार प्रधान न्यायाधीश श्रेष्ठले अनियमितता भेटिए कठोर बन्ने बताएका हुन् । “मुख्य न्यायाधीशज्यूहरू आफ्ना नजिकका जिल्ला अदालतसम्म मुन्टो उठाएर हेर्नुस्, कमीकमजोरी घटाउन काम गर्नुस् । प्रविधिले सहजीकरण

सुन्तला खेतीबाट दश करोड भित्र्याउँदै इच्छाकामना

चितवन। सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन् । यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै रु १० करोड आम्दानी लिने भएका हुन् । उक्त गाउँपालिकाको कृषि विकास शाखाका अनुसार यहाँका किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाएपछि यस वर्ष आम्दानी धेरै हुने

कञ्चनपुरमा सरकारको अनुदानमा किसानलाई हाते ट्रयाक्टर वितरण

बेदकोट,कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको हो । त्यसैगरी, भीमदत्त नगरपालिका–७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत कृषकको लागतमा हाते ट्र्याक्टर वितरण गरिएको बताएका छन् । “पहिलो पटक ३५ किसानलाई हाते ट्र्याक्टर वितरण

सांसदले बैठक स्थगन गर्न माग गरेपछि संशोधनकर्तासँगको छलफल स्थगित

काठमाडौं। कानून, न्याय तथा मानव अधिकार समितिका अधिकांश सदस्यले बैठक स्थगित गर्न माग गरेपछि आइतबार बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेदेखि सुरु भएको बैठकको सुरुमा नै समितिका अधिकांश सदस्यले सबै संशोधनकर्तालाई बोलाउन माग गरेपछि आगामी पुष १६ गते ११ बजे बैठक बस्नेगरी स्थगित भएको हो । उक्त

सर्वोच्चका मुख्य रजिस्ट्रार कुँवर र रजिस्ट्रार पौडेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ । आज बसेको परिषदको बैठकले उच्च अदालतमा दुईजना मात्रै न्यायाधीशको नाम सिफारिस गरेको हो । त्यस्तै, इतबारको न्यायपरिषद बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा

छैटौं तुल्सीलाल स्मृति बुद्धिचाल यही पुस अन्तिम साता हुने

काठमाडौं। ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता यही पुसको अन्तिम साता हुने भएको छ । आयोजकले शनिबार पत्रकार सम्मेलत गर्दै प्रतियोगिता यही पुस २३ देखि २८ सम्म ललितपुर च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान हलमा हुने जानकारी गराइएको हो । उक्त

गैँडा संरक्षणका लागि ‘राइनो गोल्डकप’ हुँदै

नवलपुर। दुर्लभ एकसिङ्गे गैँडा संरक्षणका लागि भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा मोफसलकै सर्वाधिक पुरस्कार राशिको राइनो गोल्डकप आगामी माघमा हुने भएको छ । उक्त खेलकुदका माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्यटनको वृद्धि गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेलगायतका उद्देश्यले

पाल्पाको सीजी सिमेन्ट उद्योगमा गरे स्थानीयले तालबन्दी

काठमाडौं। पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । पटक पटक अनुरोध गर्दा समेत आफ्‍ना माग पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले उद्योग प्रशासनमा शनिबार तालाबन्दी गरेका हुन । त्यसैगरी, रैनादेवी छहरा गाउँपालिकाका २ वडाअध्यक्ष दानबहादुर पौडेल, स्थानीयबासिन्दा र कम्पनीका प्रतिनिधिबीच छलफल भइरहे

सम्वन्धित समाचारहरु