Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कञ्चनपुरमा सरकारको अनुदानमा किसानलाई हाते ट्रयाक्टर वितरण


बेदकोट,कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको हो ।

त्यसैगरी, भीमदत्त नगरपालिका–७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत कृषकको लागतमा हाते ट्र्याक्टर वितरण गरिएको बताएका छन् । “पहिलो पटक ३५ किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । यो ट्र्याक्टर कृषकले आधा सहुलियतमा पाएका हुन्”, उनेले भने, “कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले अनुदानमा ट्र्याक्टर वितरण गरिएको हो ।” अनुदानमा ट्र्याक्टर पाएपछि किसान खुसी भएका छन् भने खेत जोत्नका लागि अनुदानमा ट्र्याक्टर पाएपछि निकै सहज हुने भीमदत्त–७ का स्थानीय खेमराज भट्टले बताए ।

एक कार्यक्रमकाबीच पूर्वसांसद डा. दीपकप्रकाश भट्टले हल्दुखालका ३५ कृषकलाई पावर टिलर हस्तान्तरण गर्दै, कृषिमा आधुनिकीकरणका साथै व्यावसायिक कृषिमा हाते ट्र्याक्टरले सहजता थप्ने विश्वास समेत व्यक्त गरे । “गोरु वा भाडामा ट्र्याक्टर ल्याएर खेत जोत्नुपथ्र्यो, अब त्यो बाध्यता हट्नेछ”, उनले भने, “खेत जोत्नका लागि थोरै समय लाग्नेछ, अनुदानमा ट्र्याक्टर पाउँदा निकै खुसी लागेको छ ।” किसानले अनुदानमा रु एक लाख २५ हजारको लागतमा ट्र्याक्टर पाएका हुन् ।

“बजारमा किन्दा रु साढे दुईदेखि तीन लाखसम्म पथ्र्यो, किन्न सकिने अवस्था थिएन”, उनले भने, “बजार मूल्यको आधा सहुलियमा घरमै ट्र्याक्टर पाएका छौँ, यसबाट हामीजस्ता किसानलाई सहज भएको छ, यसले उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।”


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?