Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

कञ्चनपुरमा सरकारको अनुदानमा किसानलाई हाते ट्रयाक्टर वितरण


बेदकोट,कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको हो ।

त्यसैगरी, भीमदत्त नगरपालिका–७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत कृषकको लागतमा हाते ट्र्याक्टर वितरण गरिएको बताएका छन् । “पहिलो पटक ३५ किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । यो ट्र्याक्टर कृषकले आधा सहुलियतमा पाएका हुन्”, उनेले भने, “कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले अनुदानमा ट्र्याक्टर वितरण गरिएको हो ।” अनुदानमा ट्र्याक्टर पाएपछि किसान खुसी भएका छन् भने खेत जोत्नका लागि अनुदानमा ट्र्याक्टर पाएपछि निकै सहज हुने भीमदत्त–७ का स्थानीय खेमराज भट्टले बताए ।

एक कार्यक्रमकाबीच पूर्वसांसद डा. दीपकप्रकाश भट्टले हल्दुखालका ३५ कृषकलाई पावर टिलर हस्तान्तरण गर्दै, कृषिमा आधुनिकीकरणका साथै व्यावसायिक कृषिमा हाते ट्र्याक्टरले सहजता थप्ने विश्वास समेत व्यक्त गरे । “गोरु वा भाडामा ट्र्याक्टर ल्याएर खेत जोत्नुपथ्र्यो, अब त्यो बाध्यता हट्नेछ”, उनले भने, “खेत जोत्नका लागि थोरै समय लाग्नेछ, अनुदानमा ट्र्याक्टर पाउँदा निकै खुसी लागेको छ ।” किसानले अनुदानमा रु एक लाख २५ हजारको लागतमा ट्र्याक्टर पाएका हुन् ।

“बजारमा किन्दा रु साढे दुईदेखि तीन लाखसम्म पथ्र्यो, किन्न सकिने अवस्था थिएन”, उनले भने, “बजार मूल्यको आधा सहुलियमा घरमै ट्र्याक्टर पाएका छौँ, यसबाट हामीजस्ता किसानलाई सहज भएको छ, यसले उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।”


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?