Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

सर्वोच्चका मुख्य रजिस्ट्रार कुँवर र रजिस्ट्रार पौडेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस


काठमाडौं। न्यायपरिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ । आज बसेको परिषदको बैठकले उच्च अदालतमा दुईजना मात्रै न्यायाधीशको नाम सिफारिस गरेको हो ।

त्यस्तै, इतबारको न्यायपरिषद बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा सरुवा गरेको छ भने कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको जिम्मेवारीसमेत तोकिएको न्यायपरिषद सचिवालयले जनाएको छ ।

 


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?