Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अनियमितता भेटिए नसहने प्रधान न्यायाधीश श्रेष्ठको चेतावनी


काठमाडौं। प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कुनै पनि प्रकारको अनियमितता भेटिए आफूले नसहने बताएका छन् । उच्च अदालत पाटनको पेसी व्यवस्थापन अटोमेसन शुभारम्भ गर्दै आइतबार प्रधान न्यायाधीश श्रेष्ठले अनियमितता भेटिए कठोर बन्ने बताएका हुन् ।

“मुख्य न्यायाधीशज्यूहरू आफ्ना नजिकका जिल्ला अदालतसम्म मुन्टो उठाएर हेर्नुस्, कमीकमजोरी घटाउन काम गर्नुस् । प्रविधिले सहजीकरण गर्ने हो, फैसला न्यायाधीशले नै गर्ने हो,” प्रधान
न्यायाधीश श्रेष्ठले भने, “हरेक दिन तपाईँहरूको रिपोर्ट आईटीमार्फत नै लिइरहेको छु । कहीँ कतै अनियमितता भएको भए म सहने छैन ।”

उनले उच्च अदालतका मुख्य न्यायाधीशहरूलाई पनि चनाखो भएर हेर्न निर्देशन समेत दिएका छ्न् ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?