Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

समाचार


लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै उत्कृष्ट

लुम्बिनी।  बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल देशभरिका सरकारी अस्पतालमध्येमा उत्कृष्ट घोषित भएको छ । उक्त अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा देशका सबै सरकारी अस्पतालमध्येबाट उत्कृष्ट भएको हो । त्यसैगरी, सेकेन्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन

दादुरा तथा रुबेला खोप लगाउन घर-घरमा निमन्त्रणा कार्ड बाँडिने

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा तथा रुबेला खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड बाँडिने भएको छ । उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिको आज भएको बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले सो जानकारी दिएका हुन् । उक्त उपमहानगरपालिकाको वडावडामा स्वयंसेविकामार्फत निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोपको पहुँचमा ल्याइने जानकारी दिँदै उनले

तमोर ‘कोरिडोर’बाट नेपाल, भारत र चीन जोडिए

ताप्लेजुङ। राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन् । त्यस्तै, मित्रराष्ट्रय चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा टिप्ताला नाका हुँदै

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौं। एमालेको भातृ संगठन (अनेरास्ववियु) ले आज देशैभरका क्याम्पस अगाडि थाल बजाएर प्रदर्शन गरेको छ । बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै देशैभरका क्याम्पसबाट खबरदारी प्रदर्शन गरेको हो । त्यसैगरी, ललितपुरस्थित पाटन क्याम्पस अगाडि गरिएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा पनि माग गरिएको थियो ।

अर्थतन्त्रले धान्न सकेन, यतिधेरै मन्त्री चाहिँदैनः डा. चन्द्र भण्डारी

काठमाडौं। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले उत्कृष्ट संविधान बनाए पनि देशको अर्थतन्त्रले धान्न नसकेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै यतिधेरै मन्त्रीहरू प्रदेशदेखि केन्द्रसम्म आवश्यक नभएको बताएका छन्। उनले ३६ हजार जनप्रतिनिधि र एक लाख कर्मचारी भएपनि जनताको पक्षमा काम गर्न नसकेको बताए । उनले भने, ‘हामीले उत्कृष्ट संविधान

५० लाख ब्लडमनिको व्यवस्था गरी मृत्युदण्डबाट बचाउन सांसद रामहरि खतिवडाको आग्रह

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गा चिसंखुगढी ३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धादिङ निवासी पहलमान मगर ५ वर्षदेखि दुबईको जेलमा रहेको बताउँदै उनीहरूलाई छुटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नवलपरासीको आफ्नो साथी बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा उनको

पूर्वसांसदसहित आजपाका प्रभावशाली नेताहरू एमाले प्रवेश

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टीका प्रभावशाली नेता नेकपा एमाले प्रवेश गरेका छन् । पूर्व प्रदेश सांसद तथा आजपा उपमहासचिव कुन्दन कुस्वाहा, केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार शाह, सरफलाल महतो, दीपककुमार दुबे, सुरेन्द्रप्रसाद चौधरीलगायत एमाले प्रवेश गरेका हुन् । त्यस्तै, च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष केपी ओली,

संसद अवरोध गरेर सत्ता प्राप्त गर्ने अभिलासा नराखौँ :  सांसद केसी

काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विपक्षी दलहरु संसद चलाउने मुडमा नरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘झट्ट हेर्दा प्रतिपक्ष संसद चलाउने मुडमा छैन । पटक–पटक अवरोध गर्ने मुडमा छ ।’ संसदले एक वर्ष पूरा गरेको र यो एक वर्षमा एउटा मात्रै कानुन निर्माण

परराष्ट्रमन्त्री साउद र चौथाइवालेबीच भेटवार्ता

काठमाडौं। नेपाली कांग्रेस नेता एवं परराष्ट्र मन्त्री एनपी साउद र भारतीय जनता पार्टी विदेश विभागका प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । भारतको विदेश मन्त्रालय र अबजर्व रिसर्च फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको रायसीना डायलग कार्यक्रममा भाग लिन त्यहाँ पुगेका परराष्ट्रमन्त्री साउदले हिजो भाजपाका विदेश विभागका प्रमुख चौथाईवालेसँग भेटवार्ता

राष्ट्रपतिद्वारा पञ्चकोटमा ‘मुक्तिनाथ महाघण्ट’ को घण्टानाद गरी उद्घाटन

ढोरपाटन। राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन् । राष्ट्रपति पौडेलले करिब रु. दुई करोड लागतमा निर्माण भएको महाघण्टको को घण्टानाद गरी उद्घाटन गरेका छन् । पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक

सम्वन्धित समाचारहरु