Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

५० लाख ब्लडमनिको व्यवस्था गरी मृत्युदण्डबाट बचाउन सांसद रामहरि खतिवडाको आग्रह


काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गा चिसंखुगढी ३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धादिङ निवासी पहलमान मगर ५ वर्षदेखि दुबईको जेलमा रहेको बताउँदै उनीहरूलाई छुटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नवलपरासीको आफ्नो साथी बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएपछि सो अभियोगमा ५० लाख ब्लडमनिका कारणले उनीहरू जेलमा रहेको बताउदै ब्लडमनि ५० लाखका दरले नदिए उनीहरूलाई यही महिनामा मृत्युदण्ड दिने युएई सरकारले घोषणा गरेको बताएका छन् ।

उनले सरकारलाई भुवन श्रेष्ठ र पहलमान थापालाई ब्लडमनि तिरेर स्वदेशमा ल्याउने पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई त्यसका लागि पहल गर्न ध्यानाकर्षण समेत गराएका छन् ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?