Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

५० लाख ब्लडमनिको व्यवस्था गरी मृत्युदण्डबाट बचाउन सांसद रामहरि खतिवडाको आग्रह


काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गा चिसंखुगढी ३ बस्ने यमबहादुर श्रेष्ठका छोरा भुवन श्रेष्ठ र धादिङ निवासी पहलमान मगर ५ वर्षदेखि दुबईको जेलमा रहेको बताउँदै उनीहरूलाई छुटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नवलपरासीको आफ्नो साथी बाबुराम आलेलाई अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएपछि सो अभियोगमा ५० लाख ब्लडमनिका कारणले उनीहरू जेलमा रहेको बताउदै ब्लडमनि ५० लाखका दरले नदिए उनीहरूलाई यही महिनामा मृत्युदण्ड दिने युएई सरकारले घोषणा गरेको बताएका छन् ।

उनले सरकारलाई भुवन श्रेष्ठ र पहलमान थापालाई ब्लडमनि तिरेर स्वदेशमा ल्याउने पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई त्यसका लागि पहल गर्न ध्यानाकर्षण समेत गराएका छन् ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?