Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै उत्कृष्ट


लुम्बिनी।  बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल देशभरिका सरकारी अस्पतालमध्येमा उत्कृष्ट घोषित भएको छ । उक्त अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा देशका सबै सरकारी अस्पतालमध्येबाट उत्कृष्ट भएको हो ।

त्यसैगरी, सेकेन्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले जानकारी दिएका छन् । स्वास्थ्य निर्देशनालय न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन समितिका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पतालले यस वर्ष ८९ अङ्क प्राप्त गरेको छ भने अघिल्लो वर्ष पनि ८० अङ्क प्राप्त गरी पहिलो बनेको प्रादेशिक अस्पतालले यो वर्ष थप अङ्क प्राप्त गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले जानकारी दिए।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्वेक्षणपश्चात् मङ्गलबार र बुधबार दुई दिनसम्म बुटवलमा आयोजना गरेको मूल्याङ्कन तथा समीक्षा गोष्ठीमा अस्पताल प्रथम भएको जानकारी गराइएको हो । उक्त अस्पतालको सुशासन र व्यवस्थापन, ‘क्लिनिकल’ व्यवस्थापन र अस्पतालको ‘सपोर्ट सर्भिस’ जस्ता विषयलाई सर्वेक्षणका प्रमुख मापदण्ड बनाइएको थियो भने मूल्याङ्कन समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौं, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दाङ र निक सिमोन्स इन्स्टिच्युट काठमाडौं रहेको छ ।

लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्यूठान, स्याङ्जा, रुकुम, रोल्पालगायत जिल्लाबाट उपचारका लागि बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?