Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

संसद अवरोध गरेर सत्ता प्राप्त गर्ने अभिलासा नराखौँ :  सांसद केसी


काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विपक्षी दलहरु संसद चलाउने मुडमा नरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘झट्ट हेर्दा प्रतिपक्ष संसद चलाउने मुडमा छैन । पटक–पटक अवरोध गर्ने मुडमा छ ।’

संसदले एक वर्ष पूरा गरेको र यो एक वर्षमा एउटा मात्रै कानुन निर्माण भयो भनेर आम जनतामा वितृष्ण र असन्तोष रहेको उल्लेख गर्दै कानुन निर्माणमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिदै संसद अवरोध गरेर सत्ता प्राप्त हुने अभिलासा नराख्न विपक्षी दलहरुलाई आग्रह समेत गरेका छन् ।

‘म प्रतिपक्ष साथीहरुलाई भन्न चाहन्छु, विमति हुन सक्छ, तर संसद अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छौं भन्ने जुन तपाईंहरुको अभिलासा छ त्यता नलाग्नोस्,’ कांग्रेस सांसद केसीले भने ।

विपक्षीहरुले उठाएको विषयलाई महत्व नदिए संसद अवरोध हुन सक्ने चेतावनी उनीहरुले दिएका थिए । केसी अगाडि संसदमा अवरोध गर्दै विपक्षी दलहरुले सरकारको आलोचना गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका व्यक्तिहरु मन्त्री पदमा बहाल रहेको, दुई युवकको मृत्यु भएको बालकुमारी घटनामा दोषी रहेको भनी छानबिन प्रतिवेदनले भनेका भौतिक पूर्वाधार मन्त्री कारबाहीमा नपरेको भनी सरकारको ध्यानाकर्षण गरेका थिए ।

 


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?