Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

संसद अवरोध गरेर सत्ता प्राप्त गर्ने अभिलासा नराखौँ :  सांसद केसी


काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विपक्षी दलहरु संसद चलाउने मुडमा नरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘झट्ट हेर्दा प्रतिपक्ष संसद चलाउने मुडमा छैन । पटक–पटक अवरोध गर्ने मुडमा छ ।’

संसदले एक वर्ष पूरा गरेको र यो एक वर्षमा एउटा मात्रै कानुन निर्माण भयो भनेर आम जनतामा वितृष्ण र असन्तोष रहेको उल्लेख गर्दै कानुन निर्माणमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिदै संसद अवरोध गरेर सत्ता प्राप्त हुने अभिलासा नराख्न विपक्षी दलहरुलाई आग्रह समेत गरेका छन् ।

‘म प्रतिपक्ष साथीहरुलाई भन्न चाहन्छु, विमति हुन सक्छ, तर संसद अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छौं भन्ने जुन तपाईंहरुको अभिलासा छ त्यता नलाग्नोस्,’ कांग्रेस सांसद केसीले भने ।

विपक्षीहरुले उठाएको विषयलाई महत्व नदिए संसद अवरोध हुन सक्ने चेतावनी उनीहरुले दिएका थिए । केसी अगाडि संसदमा अवरोध गर्दै विपक्षी दलहरुले सरकारको आलोचना गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका व्यक्तिहरु मन्त्री पदमा बहाल रहेको, दुई युवकको मृत्यु भएको बालकुमारी घटनामा दोषी रहेको भनी छानबिन प्रतिवेदनले भनेका भौतिक पूर्वाधार मन्त्री कारबाहीमा नपरेको भनी सरकारको ध्यानाकर्षण गरेका थिए ।

 


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?