Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

दादुरा तथा रुबेला खोप लगाउन घर-घरमा निमन्त्रणा कार्ड बाँडिने


नेपालगञ्ज। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा तथा रुबेला खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड बाँडिने भएको छ । उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिको आज भएको बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले सो जानकारी दिएका हुन् ।

उक्त उपमहानगरपालिकाको वडावडामा स्वयंसेविकामार्फत निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोपको पहुँचमा ल्याइने जानकारी दिँदै उनले खोप लगाउनका लागि धार्मिक समूह र सीमान्तकृत समुदायसँग अन्तरक्रिया गरिने जानकारी दिए । त्यस्तै, नेपालगञ्ज सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग तथा कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा अन्तरदेशीय सीमा, बसपार्कजस्ता ठाउँमा पनि खोपको पहुँच बढाइने उपमहानगरपालिकाले जनाएको छ ।

महाशाखा प्रमुख चन्दले खोप लगाउन छुट भएका समुदाय, वर्ग र स्थानको पहिचान गरी प्रभावकारी रुपमा खोप अभियान सञ्चालन हुने उल्लेख गर्दै अहिलेसम्म पालिकामा चार प्रतिशतले खोप नलगाएको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख कमरुद्दिन राईले खोप अभियानलाई प्रभावकारी बनाउन यसका अवरोध हटाउन आवश्यक भएको बताएका छन् ।

त्यसैगरी, स्वास्थ्य कार्यालय, बाँकेका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले खोप अभियानलाई विद्यालय केन्द्रित गरिएको जानकारी दिँदै विद्यालयमा पहुँच नभएकालाई उमेर समूहका हिसाबले खोप लगाउने बताउदै यही फागुन १३ देखि १९ गतेसम्म उपमहानगरमा नौ महिनादेखि १५ वर्षसम्मका ४२ हजार दुई सय ७० बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

उक्त खोप अभियान प्रभावकारी नभएका कारण अघिल्लो वर्ष नेपालगन्जमा दादुराको महामारी देखिएको थियो भने सो महामारीबाट तीन सय १९ जना सङ्क्रमित भएका थिए भने एकजनाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?