Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

परराष्ट्रमन्त्री साउद र चौथाइवालेबीच भेटवार्ता


काठमाडौं। नेपाली कांग्रेस नेता एवं परराष्ट्र मन्त्री एनपी साउद र भारतीय जनता पार्टी विदेश विभागका प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

भारतको विदेश मन्त्रालय र अबजर्व रिसर्च फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको रायसीना डायलग कार्यक्रममा भाग लिन त्यहाँ पुगेका परराष्ट्रमन्त्री साउदले हिजो भाजपाका विदेश विभागका प्रमुख चौथाईवालेसँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध तथा भाजपा र कांग्रेसको सम्बन्धको बारेमा कुराकानी भएको थियो भने नेपाल–भारतको सम्बन्ध तथा भाजपा र काँग्रेस पार्टीबीच सम्बन्ध बलियो बनाउन परराष्ट्र मन्त्री साउदले खेलेको भूमिको चौथाइ बेलाले प्रशंसा गरेको बताइएको छ ।

भारतले भुराजनीति र भूअर्थशास्त्रमा बहस चलाउनका लागि यो सम्मेलनको आयोजना गरेको हो । सो कार्यक्रममा ग्रिसका प्रधानमन्त्रीलगायत विभिन्न देशका अधिकारी, सुरक्षा अधिकारी, विदेश मामिलाका जानकारलगायतका उपस्थिति रहेको छ ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?