Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

परराष्ट्रमन्त्री साउद र चौथाइवालेबीच भेटवार्ता


काठमाडौं। नेपाली कांग्रेस नेता एवं परराष्ट्र मन्त्री एनपी साउद र भारतीय जनता पार्टी विदेश विभागका प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

भारतको विदेश मन्त्रालय र अबजर्व रिसर्च फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको रायसीना डायलग कार्यक्रममा भाग लिन त्यहाँ पुगेका परराष्ट्रमन्त्री साउदले हिजो भाजपाका विदेश विभागका प्रमुख चौथाईवालेसँग भेटवार्ता गरेका हुन् ।

उक्त भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध तथा भाजपा र कांग्रेसको सम्बन्धको बारेमा कुराकानी भएको थियो भने नेपाल–भारतको सम्बन्ध तथा भाजपा र काँग्रेस पार्टीबीच सम्बन्ध बलियो बनाउन परराष्ट्र मन्त्री साउदले खेलेको भूमिको चौथाइ बेलाले प्रशंसा गरेको बताइएको छ ।

भारतले भुराजनीति र भूअर्थशास्त्रमा बहस चलाउनका लागि यो सम्मेलनको आयोजना गरेको हो । सो कार्यक्रममा ग्रिसका प्रधानमन्त्रीलगायत विभिन्न देशका अधिकारी, सुरक्षा अधिकारी, विदेश मामिलाका जानकारलगायतका उपस्थिति रहेको छ ।


प्रकाशित मिति: १० फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?