८ श्रावण, काठमाडाैँ । लाइसेन्स बनाइदिने र ट्रायल पास गराइदिने भनी करिब चार लाख तीस हजार रुपियाँ बराबरको रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी–१३ एकान्तकुना बस्ने ३० वर्षीय सम्राट, समीर, रागब भन्ने राजु परियार र काठमाडौं–१४ कलङ्की सुनारगाउँ बस्ने ३६ वर्षीय ब्रम्हा रिसाल
८ श्रावण, दाङ । दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए । “पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ”, उनले भने, “अबको केही समयमा तुलसीपुर क्षेत्रमा
८ श्रावण, चितवन । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत वर्ष सबैभन्दा बढी ८६ अजिङ्गरको उद्धार
८ श्रावण, तनहुँ । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका सेवासुविधा खोज्दै तनहुँका ग्रामीण भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढ्दो छ । पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि छ पालिकाको जनसङ्ख्या ऋणात्मक
८ श्रावण, बुटवल । अर्थमन्त्री डा प्रकाशशरण महतले आफ्नै सक्रियताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन बरामद गर्न सफल भएको बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा महतले सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि तस्करीको सुन बरामद भएको बताए । उनले यस प्रकरणमा जरैसम्म
८ श्रावण, पोखरा । सोनी शर्मालाई शिक्षासेवी स्व .हरिशचन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार २०७९ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी उपाध्यक्ष शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो । पत्रकार शर्मा नगद ११ हजार १११ रुपैयाँसहित सम्मानपत्रले सम्मानित भएकी छन् । उनी करीब दुई दशकदेखि पत्रकारितामा सक्रिय
८ श्रावण, काठमाडाैँ । काठमाडौँको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ । काठमाडौँ महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए । सामाखुशीमा बस्दै
८ श्रावण, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहा पुगेका अध्यक्ष ओलीले हिजो उनिसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेको ओलीको सचिवालयले जनाएको छ । श्रीलङ्का पूर्वराष्ट्रपति सिरिसेना
८ श्रावण, काठमाडाैँ । सिद्धार्थ बैंकले 'उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२' अवार्ड पाएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन (गोल्ड अवार्ड)बाट सिद्धार्थ बैंकलाई सम्मानित गरेको हो । गत वर्ष पनि सिद्धार्थ बैंकले 'उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन
८ श्रावण, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनि त्यसतर्फ प्रस्थान गरेका हुन् । कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले