Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सामाखुशीमा बाढीले बगाएर बेपत्ता भएका बालक अझै भेटिएनन्, खोजी कार्य जारी


८ श्रावण, काठमाडाैँ । काठमाडौँको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ ।

काठमाडौँ महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए ।

सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए । मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?