Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

माधव नेपाल इन्डोनेसिया प्रस्थान


८ श्रावण, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनि त्यसतर्फ प्रस्थान गरेका हुन् । कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ-आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् ।

बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जाने कार्यक्रम छ । पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्ने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?