२५ श्रावण, कर्णाली । पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेशिनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । आर्थिक वर्ष २०७९/०८० मा नयाँ श्रम स्वीकृति लिनेको कूल सङ्ख्या तीन हजार तीन सय रहेको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले आव २०७५/०७६ मा नौ
२५ श्रावण, काठमाडाैँ । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता भएको छैन । मन्त्रिपरिषद्को उक्त बैठकले विधेयकको मस्यौदा स्वीकृति गरी संसद्मा पेस गर्ने निर्णय भएको थियो भने निर्णयबारे सरकारका प्रवक्ताबाट सार्वजनिक जानकारी दिइसकिएको छ
२५ श्रावण, बाँके । पौडी खेल्ने क्रममा खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित जेठीनालामा डुबेर बेपत्ता भएका खजुरा ६ शान्तिनगरका १५ वर्षीय विकास सुनार अझै फेला परेका छैनन् । प्रहरीका तालिमप्राप्त गोताखोरलाई परिचालन गरेर जेठीनालामा उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ । इलाका प्रहरी कार्यालय खजुराका प्रहरी
२५ श्रावण, काठमाडाैँ । नेपालमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, नीजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका
२५ श्रावण, म्याग्दी । बेनी–जोमसोम सडकखण्ड अन्तरगत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा गुडिरहेको बोलेरो जीपमाथि पहिरो खस्दा चालक गम्भीर घाइते भए । बुधबार साँझ ग १ ज ६८२० नं को बोलेरो जीपमाथि खसेको ढुङ्गा लाग्दा जीप चालक ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए । बेनी अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको
२५ श्रावण, गोरखा । गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ । विभागबाट गोरखा आएको भूगर्भविद्को टोलीले दुईदिन लगाएर गरेको परीक्षणबाट उक्त टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि गरेको हो । ढुङ्गाको परीक्षण
२५ श्रावण, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशबाट प्रकाशन भइरहेको अठोला पञ्चाङ्गले भदौ ७ गते नै गौरा पर्व मनाउनु शास्त्रसम्मत् हुने जनाएको छ । सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा गौरापर्व अरु दिनमा मनाउनुपर्ने भनी गरिएको प्रचारप्रसार शास्त्रसम्मत् नरहेको पञ्चाङ्गका तर्फबाट आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । गौरा पर्व विरुडा पञ्चमीदेखि अष्टमीसम्म चार
२५ श्रावण, काठमाडाैँ । वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले राससलाई जानकारी
२५ श्रावण, काठमाडाैँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार उक्त सुन तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको
२५ श्रावण, रूकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् । एघार जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन् । उनीहरुले बुनेका ढाकाको कपडाले भने बजार पाउन सकेको छैन । तीन