Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता


२५ श्रावण, बाँके । पौडी खेल्ने क्रममा खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित जेठीनालामा डुबेर बेपत्ता भएका खजुरा ६ शान्तिनगरका १५ वर्षीय विकास सुनार अझै फेला परेका छैनन् । प्रहरीका तालिमप्राप्त गोताखोरलाई परिचालन गरेर जेठीनालामा उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खजुराका प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलवासेले चारजना साथीसहित जेठीनालामा पौडी खेल्न गएका सुनार बुधबार दिउँसो करिब २ बजे डुबेको बताए । उनले प्रहरीलाई पौने चार बजे खबर आएको जनाउँदै खबर आएलगत्तै नालामा पुगेर खोजी कार्य सुरु गरिएको तर हालसम्म पनि फेला नपरेको बताए ।

प्रहरी प्रमुख बेलवासेले बुधबार साँझसम्म खोजी गरे पनि सुनार फेला नपर्दा बिहीबार बिहानदेखि फेरि खोजी कार्य सुरु गरिएको बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष गोताखोर टोलीले जेठीनालामा सुनारलाई खोजिरहेको प्रहरीले जनाएको छ ।

स्थानीय श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुनार डुबेर बेपत्ता भएपछि शान्तिनगर शोकमा डुबेको स्थानीयले जनाएका छन् । जेठीनालामा आएको बाढीका कारण पानीको बहाव तीव्र भएको र नाला गहिरो बनेकोले पनि खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?