Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता


२५ श्रावण, बाँके । पौडी खेल्ने क्रममा खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित जेठीनालामा डुबेर बेपत्ता भएका खजुरा ६ शान्तिनगरका १५ वर्षीय विकास सुनार अझै फेला परेका छैनन् । प्रहरीका तालिमप्राप्त गोताखोरलाई परिचालन गरेर जेठीनालामा उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खजुराका प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्दीप बेलवासेले चारजना साथीसहित जेठीनालामा पौडी खेल्न गएका सुनार बुधबार दिउँसो करिब २ बजे डुबेको बताए । उनले प्रहरीलाई पौने चार बजे खबर आएको जनाउँदै खबर आएलगत्तै नालामा पुगेर खोजी कार्य सुरु गरिएको तर हालसम्म पनि फेला नपरेको बताए ।

प्रहरी प्रमुख बेलवासेले बुधबार साँझसम्म खोजी गरे पनि सुनार फेला नपर्दा बिहीबार बिहानदेखि फेरि खोजी कार्य सुरु गरिएको बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष गोताखोर टोलीले जेठीनालामा सुनारलाई खोजिरहेको प्रहरीले जनाएको छ ।

स्थानीय श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुनार डुबेर बेपत्ता भएपछि शान्तिनगर शोकमा डुबेको स्थानीयले जनाएका छन् । जेठीनालामा आएको बाढीका कारण पानीको बहाव तीव्र भएको र नाला गहिरो बनेकोले पनि खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?