Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

यातायात व्यवस्था विभाग अगाडि ट्याक्सी चालकहरूको प्रदर्शन


२५ श्रावण, काठमाडाैँ । नेपालमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, नीजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा बोल्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजका महासचिव दिलिपकुमार श्रेष्ठ निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेकोप्रति आफूहरुको असन्तुष्टि रहेको बताए । उनले नीजी गाडीले सार्वजनिक सवारीको काम गर्नु नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक समाजको केन्द्रिय महासचिव यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरित भएको बताए ।

“नीजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेको छ । त्यो यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरित छ । हामीले पटकपटक ज्ञापन पत्र बुझायौँ । तर कार्यान्वय गर्छौं गर्नुभयो, तर कार्यान्वयन भएन । हाम्रो माग आम सर्वसाधारणले पनि थाहा पाउन भनेर माग गर्न विरोध गरेका हौँ,” महासचिव श्रेष्ठले भने ।

प्रदर्शनकारी यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने, चालकलाई दुव्र्यवहार गर्ने काम बन्द गर्नुपर्ने, अङ्ग्रेजीमा लेखिएको इम्बोस्ड नम्बर खारेज गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली सम्वत जिपीएस नम्बर कायम गर्नुपर्ने, तेस्रो पक्ष बीमाबाट दुर्घटना भएकोलाई सम्पूर्ण उपचार खर्च राज्यबाट लागू गरी मृत्यु भएमा २५ लाखको राहत प्रदान गर्नुपर्ने, ट्याक्सी मिटर सिल चुडिँदा गाडी साहु र चालक जेल जानुपर्ने कानून खारेज गर्नुपर्ने, नेपालभरका ट्याक्सी भाडादर एउटै कामय गरी अन्तर्राष्ट्रिय नीति लागू गर्नुपर्ने, नेपाल सरकारको मातहतमा एप्सलाई जडित गरी सम्पूर्ण एप्स खारेज गर्नुपर्ने, एप्स र मिटरको भाडा बराबर गरी सञ्चालन गर्नुपर्ने, सम्पूर्ण गाडीको भन्सार २६० प्रतिशत छुट गरी यातायात सञ्चालन गर्नुपर्ने, यातायातका सेतो, पहेँलो, हरियो, निलो, रातो र कालो प्लेटको सम्मान व्यवहार गर्नुपर्ने लगायतका माग राखी विरोध प्रदर्शन गरेका हुन् ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?