२८ ,श्रावण ,काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले कोभिड र तरलता सङ्कटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खारेज गर्न नहुने बताएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी इपानका अध्यक्ष गणेश कार्कीले कोभिड र तरलता सङ्कटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको
२८ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक दल एवं मुलुकको शासन व्यवस्था लोकतान्त्रिक मूल्य-मान्यता र विधिको शासनअनुसार सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका छन् । कांग्रेसका पूर्वमहामन्त्री सिंहले प्रजातान्त्रिक विचार समाजको प्रतिनिधि मण्डलसँग आज आफ्नै निवास चाक्सीबारीमा भएको भेट तथा अन्तरक्रिया कार्यक्रममा मुलुकमा स्थापित लोकतन्त्र, नागरिक
२८ श्रावण, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मोदीको ठाउँमा अब जनमत पार्टीका तर्फबाट एक जनालाई सरकारमा ल्याउने बताइएको छ । यद्यपी, जनमत पार्टीबाट को मन्त्री
२८ श्रावण, काठमाडाैँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै पक्राउ गरेका डाक्टर सक्कली भएको पाइएको छ । सीआईबीले ‘अपरेसन चार्ली फक्सट्राट’ अन्तर्गत पक्राउ परेकामध्ये महोत्तरी पिपराका रन्जित कुमार यादव सक्कली डाक्टर रहेको पाइएको हो । नाम र ठेगाना मिल्दा प्रहरीले यादवलाई पक्राउ गरिएको हुनसक्ने नेपाल मेडिकल
२८ श्रावण, काठमाडाैँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो । आज दुई सय ७१ कम्पनीको ९७ लाख १८ हजार सात सय ५४ कित्ता
२८ श्रावण, काठमाडाैँ । काठमाडाैँ महानगरले खुलारूपमा पानीपुरी, चटपटे र दुध बिक्रीमा रोक लगाउने तयारी गरेको छ । संक्रामक रोगहरूको जोखिम बढेको भन्दै महानगरले यी खाद्य पदार्थको खुला बिक्रीमा रोक लगाउने तयारी गरेको जानकारी दिइएको छ । उपप्रमुख सुनिता डंगोलले आइतबार बसेको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बर्खायाममा
२८ श्रावण, काठमाडाैँ । नेकपा (एमाले)ले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी प्रकरणले दातृ निकाय र राष्ट्रहरुको विश्वासमा कमी आइ मुलुकमा आर्थिक सङ्कट बढ्न सक्ने र यसबाट व्यवसायीहरु समेत हतास हुनसक्ने
२८ श्रावण, दोलखा । दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् । गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए । स्थानियवासीले जानकारी गराएपछि
२८ श्रावण, काठमाडाैँ । बङ्गलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौँमा बन्धक बनाउने गिरोहका सात जना पक्राउ परेका छन् । बङ्गलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बङ्गलादेशी र नेपाली नागरिकहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो
२८ श्रावण, एजेन्सी । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९३ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । बितेका एक सय वर्षमा यति भीषण एवं भयावह अवस्था अमेरिकी जनताले गर्नुपरेको थिएन । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारण क्रुद्ध भएका छन्