Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नक्कली भनेर सीआईबीले पक्राउ गरेका डाक्टर सक्कली


२८ श्रावण, काठमाडाैँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै पक्राउ गरेका डाक्टर सक्कली भएको पाइएको छ ।

सीआईबीले ‘अपरेसन चार्ली फक्सट्राट’ अन्तर्गत पक्राउ परेकामध्ये महोत्तरी पिपराका रन्जित कुमार यादव सक्कली डाक्टर रहेको पाइएको हो ।

नाम र ठेगाना मिल्दा प्रहरीले यादवलाई पक्राउ गरिएको हुनसक्ने नेपाल मेडिकल काउन्सिलले बताएको छ । यादवको थप विवरण सच्याएर पठाइएको पनि बताइएको छ ।

सीआईबीले २५ श्रावणदेखि चलाएको अपरेशनमा नेपाली कांग्रेसका सांसद सुनील शर्मासहित ८ जना पक्राउ परेका थिए । यद्यपि, सांसद शर्मा भने हिरासतमुक्त भइसकेका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?