Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नक्कली भनेर सीआईबीले पक्राउ गरेका डाक्टर सक्कली


२८ श्रावण, काठमाडाैँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै पक्राउ गरेका डाक्टर सक्कली भएको पाइएको छ ।

सीआईबीले ‘अपरेसन चार्ली फक्सट्राट’ अन्तर्गत पक्राउ परेकामध्ये महोत्तरी पिपराका रन्जित कुमार यादव सक्कली डाक्टर रहेको पाइएको हो ।

नाम र ठेगाना मिल्दा प्रहरीले यादवलाई पक्राउ गरिएको हुनसक्ने नेपाल मेडिकल काउन्सिलले बताएको छ । यादवको थप विवरण सच्याएर पठाइएको पनि बताइएको छ ।

सीआईबीले २५ श्रावणदेखि चलाएको अपरेशनमा नेपाली कांग्रेसका सांसद सुनील शर्मासहित ८ जना पक्राउ परेका थिए । यद्यपि, सांसद शर्मा भने हिरासतमुक्त भइसकेका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?