Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

समाचार


राष्ट्रपतिसँग सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टको भेटवार्ता

२५ ,भाद्र ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका थिए । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन

विशिष्टकृत बाल अस्पताल निर्माणका लागि एक करोड ८० लाख सहयोग

२५ ,भाद्र ,काठमाडौँ । आनी छोइङ्ग डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई रु एक करोड ८० लाख सहयोग प्रदान गरेको छ । फाउण्डेशनले काठमाडौँको बूढानिलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच–काठमाडौ बाल अस्पताल ‘हब’ को भवन निर्माणका लागि रु एक करोड ८० लाख सहयोग गरेको हो । अस्पताल

सूर्यविनायक–रत्नपार्क दू्रत बस सेवा संविधान दिवसको दिनदेखि

२५ ,भाद्र ,काठमाडौँ । सूर्यविनायक–रत्नपार्क द्रूत बस सेवा आगामी ३ असोजदेखि सञ्चालनमा आउने भएको छ । संविधान दिवसका दिनदेखि ‘सो बस सेवा सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात ब्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग सो बस सेवाका

उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग महासङ्घको भेटवार्ता

२५ ,भाद्र ,काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको महासङ्घ प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ । भेटका क्रममा महासङ्घ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताए । उनले अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत

जनताका समस्यालाई समाधान गर्न नयाँ ढङ्गले काम गरिरहेको छु : प्रधानमन्त्री दाहाल

२५ ,भाद्र ,विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या साधान गर्न नयाँ ढङ्गले काम गर्न थालेको बताएका छन् । समाजवादी मोर्चा नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित ‘प्रदेशस्तरीय सन्देशसभा’ को उद्घाटन गर्दै उनले जनताका समस्यालाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयबाट ‘हेलो सरकार’ कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।

आफ्नै मान्छेबाट नाजायज दवाव आयो : मन्त्री किराँती

२५ ,भाद्र ,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदैआएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भइआएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपालका बौद्ध तीर्थस्थलहरु’ शीर्षक पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम

सामुदायिक क्याम्पसलाई ‘क्युएए’मा आबद्ध हुन आह्वान

२५ भदौ, काठमाडाैँ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रियामा आबद्ध हुन सबै सामुदायिक क्याम्पसलाई आह्वान गरेका छन् । कोटेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट ‘क्युएए’ प्रक्रियाबाट प्रमाणीकरण भएको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले प्रमाणीकरणपछि सोहीअनुरुप गुणस्तर कायम गर्नुपर्ने सुझावसमेत दिए । “सामुदायिक

६ सय ७५ सैन्य शिक्षार्थी दीक्षित

२५ भदौ, गण्डकी । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा आज छ सय ७५ जना सैन्य शिक्षार्थी दीक्षित भएका छन् । विसं २०७९ मङ्सिर १ गतेदेखि ३६ हप्ताको सैन्य तालिम पूरा गरेका उनीहरुलाई आज पृतनाअन्तर्गतका विभिन्न आठ वटा युनिटमा दीक्षित गरिएको हो । तालिममा ईश्वर दर्जी सैद्धान्तिक तथा व्यावहारिक

निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री महत

२५ भदाै, काठमाडाैँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् । ११० औँ बिपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले लुम्बिनी र पोखरा एयरपोर्टभन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन

स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

२५ भदौ, चितवन । जिल्ल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार स्थानीय अस्पतालमा

सम्वन्धित समाचारहरु