Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सामुदायिक क्याम्पसलाई ‘क्युएए’मा आबद्ध हुन आह्वान


२५ भदौ, काठमाडाैँ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रियामा आबद्ध हुन सबै सामुदायिक क्याम्पसलाई आह्वान गरेका छन् ।

कोटेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट ‘क्युएए’ प्रक्रियाबाट प्रमाणीकरण भएको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले प्रमाणीकरणपछि सोहीअनुरुप गुणस्तर कायम गर्नुपर्ने सुझावसमेत दिए ।

“सामुदायिक क्याम्पसलाई क्युएएको चक्रभित्र प्रवेश गराउँदै गुणस्तर कायम गराउनु आवश्यक छ”, उनले भने । उनले क्युएए प्रमाणीकरण गरेको प्रत्येक वर्ष अनुगमन गर्ने जानकारी दिँदै सोहीअनुरुप गुणस्तरलाई कायम राख्न क्याम्पस एवं विद्यार्थीलाई सुझाव दिए ।

समारोहमा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा डा पेशल दाहालले सामुदायिक क्याम्पसको गुणस्तर बढ्दै गएको बताए । उनले भने, “क्युएए प्रमाणीकरण भएका सामुदायिक कलेजप्रतिको हेर्ने नजरमा परिवर्तन आएको छ ।” रजिस्ट्रार प्रा डा दाहालले शैक्षिक संस्थामा प्रागिक गतिविधिबाहेकका वैकल्पिक प्रभाव पर्न नदिन सुझावसमेत दिए ।

कोटेश्वर बहुमुखी क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले क्याम्पस र विद्यार्थीको मेहनतका कारण गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियाको प्रमाणीकरण प्राप्त भएको जनाउँदै क्याम्पसको समग्र गुणस्तर उकास्ने कार्यमा निरन्तर अगाडि बढेको बताए ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?