Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सामुदायिक क्याम्पसलाई ‘क्युएए’मा आबद्ध हुन आह्वान


२५ भदौ, काठमाडाैँ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रियामा आबद्ध हुन सबै सामुदायिक क्याम्पसलाई आह्वान गरेका छन् ।

कोटेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट ‘क्युएए’ प्रक्रियाबाट प्रमाणीकरण भएको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले प्रमाणीकरणपछि सोहीअनुरुप गुणस्तर कायम गर्नुपर्ने सुझावसमेत दिए ।

“सामुदायिक क्याम्पसलाई क्युएएको चक्रभित्र प्रवेश गराउँदै गुणस्तर कायम गराउनु आवश्यक छ”, उनले भने । उनले क्युएए प्रमाणीकरण गरेको प्रत्येक वर्ष अनुगमन गर्ने जानकारी दिँदै सोहीअनुरुप गुणस्तरलाई कायम राख्न क्याम्पस एवं विद्यार्थीलाई सुझाव दिए ।

समारोहमा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा डा पेशल दाहालले सामुदायिक क्याम्पसको गुणस्तर बढ्दै गएको बताए । उनले भने, “क्युएए प्रमाणीकरण भएका सामुदायिक कलेजप्रतिको हेर्ने नजरमा परिवर्तन आएको छ ।” रजिस्ट्रार प्रा डा दाहालले शैक्षिक संस्थामा प्रागिक गतिविधिबाहेकका वैकल्पिक प्रभाव पर्न नदिन सुझावसमेत दिए ।

कोटेश्वर बहुमुखी क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले क्याम्पस र विद्यार्थीको मेहनतका कारण गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियाको प्रमाणीकरण प्राप्त भएको जनाउँदै क्याम्पसको समग्र गुणस्तर उकास्ने कार्यमा निरन्तर अगाडि बढेको बताए ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?