Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

६ सय ७५ सैन्य शिक्षार्थी दीक्षित


२५ भदौ, गण्डकी । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा आज छ सय ७५ जना सैन्य शिक्षार्थी दीक्षित भएका छन् ।

विसं २०७९ मङ्सिर १ गतेदेखि ३६ हप्ताको सैन्य तालिम पूरा गरेका उनीहरुलाई आज पृतनाअन्तर्गतका विभिन्न आठ वटा युनिटमा दीक्षित गरिएको हो । तालिममा ईश्वर दर्जी सैद्धान्तिक तथा व्यावहारिक सबैतर्फ सर्वोत्कृष्ट बने ।

उक्त अवसरमा दर्जीसहित विभिन्न विधामा प्रथम हुने शारीरिक तन्दुरुस्तीतर्फ बादल गुरुङ, बाधा पारतर्फ नारायण विक, फायरिङतर्फ अशोक थापा, ड्रिलतर्फ विशाल अधिकारीलाई पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँले पुरस्कृत गरेका थिए ।

कार्यक्रममा पृतनापति बानियाँले नेपाली सेनाको सिपाही दर्जामा नियुक्त सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भने, “राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताका लागि प्राणको आहुति दिनसमेत पछि नपर्ने प्रण गर्नु एक सैनिकको धर्म हो ।”

सीमित स्रोत र साधनका बाबजुद नेपाली सेनाले आफ्ना सकलदर्जालाई उच्चस्तरीय तालिम प्रदान गर्दै आइरहेको बताउँदै उनले आधारभूत तालिम सैनिक जीवनको सुरुआत भएको बताए । तालिमबाट शारीरिक, मानसिक र नैतिक साहस प्राप्त हुने बताउँदै उनले यसले आत्मविश्वासी एवं पेशाप्रति थप कटिबद्ध बनाउने धारणा राखे । उक्त अवसरमा तालिमप्राप्त सैन्य जवानबाट कवाज प्रदर्शन गरिएको थियो ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?