Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

६ सय ७५ सैन्य शिक्षार्थी दीक्षित


२५ भदौ, गण्डकी । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा आज छ सय ७५ जना सैन्य शिक्षार्थी दीक्षित भएका छन् ।

विसं २०७९ मङ्सिर १ गतेदेखि ३६ हप्ताको सैन्य तालिम पूरा गरेका उनीहरुलाई आज पृतनाअन्तर्गतका विभिन्न आठ वटा युनिटमा दीक्षित गरिएको हो । तालिममा ईश्वर दर्जी सैद्धान्तिक तथा व्यावहारिक सबैतर्फ सर्वोत्कृष्ट बने ।

उक्त अवसरमा दर्जीसहित विभिन्न विधामा प्रथम हुने शारीरिक तन्दुरुस्तीतर्फ बादल गुरुङ, बाधा पारतर्फ नारायण विक, फायरिङतर्फ अशोक थापा, ड्रिलतर्फ विशाल अधिकारीलाई पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँले पुरस्कृत गरेका थिए ।

कार्यक्रममा पृतनापति बानियाँले नेपाली सेनाको सिपाही दर्जामा नियुक्त सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भने, “राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताका लागि प्राणको आहुति दिनसमेत पछि नपर्ने प्रण गर्नु एक सैनिकको धर्म हो ।”

सीमित स्रोत र साधनका बाबजुद नेपाली सेनाले आफ्ना सकलदर्जालाई उच्चस्तरीय तालिम प्रदान गर्दै आइरहेको बताउँदै उनले आधारभूत तालिम सैनिक जीवनको सुरुआत भएको बताए । तालिमबाट शारीरिक, मानसिक र नैतिक साहस प्राप्त हुने बताउँदै उनले यसले आत्मविश्वासी एवं पेशाप्रति थप कटिबद्ध बनाउने धारणा राखे । उक्त अवसरमा तालिमप्राप्त सैन्य जवानबाट कवाज प्रदर्शन गरिएको थियो ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?