Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

जनताका समस्यालाई समाधान गर्न नयाँ ढङ्गले काम गरिरहेको छु : प्रधानमन्त्री दाहाल


२५ ,भाद्र ,विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या साधान गर्न नयाँ ढङ्गले काम गर्न थालेको बताएका छन् ।

समाजवादी मोर्चा नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित ‘प्रदेशस्तरीय सन्देशसभा’ को उद्घाटन गर्दै उनले जनताका समस्यालाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयबाट ‘हेलो सरकार’ कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।

हेलो सरकार कार्यक्रमबाट जनताका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र सामाजिक सुरक्षाका विषयमा गम्भीर भएर लागेको बताए ।

सामाजिक सुरक्षा कोषमा हाल तीन लाख ५० हजार वैदेशिक रोजगारमा रहेका युवा आबद्ध भइसकेको र निकट भविष्यमै ४० देखि ५० लाख वैदेशिक रोजगारमा रहेका युवा आबद्ध हुने जानकारी दिँदै उनले भने, “सरकार सामाजिक न्यायका लागि निरन्तर काम लागिरहेको छ ।”

मिटर ब्याजीजस्ता नागरिकताका समस्या समाधान गर्न सरकार निरन्तर लागि परेको प्रधानमन्त्री दाहालको भनाइ छ । सरकारले वेथिति, विकृति र भ्रष्टाचारको क्षेत्रमा निडरताका साथ काम गरिहेको बताउँदै उनले भने, “सन्देशसभाले सरकारलाई नयाँ शक्ति प्राप्त गर्न मद्दत गरेको छ ।”

जनताका समस्या र टिप्पणी सुन्नलाई हेलो सरकार २४ घण्टै खुला रहेको बताउँदै प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सरकारले काम गरिरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणमा जाँदा नेपालको हितमा धेरै काम भएको भन्दै सरकार विगतको भन्दा फरक ढङ्गले काम गरिरहेको चर्चा गरे ।

उनले छिमेकी राष्ट्र चीनसँगको व्यापार घाटा कम गराउन कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने भन्दै संयुक्त राष्ट्रसङ्घको सम्मेलनमा जाँदा सेतो हिमाल कालो भइरहेको र यसबाट विश्व समुदायलाई जलवायु परिवर्तन गम्भीर असर परिरहेको भनि जानकारी गराउने बताए ।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियालाई अन्तिम रुप दिन लागेको जानकारी दिँदै सो विषय महत्त्वपूर्ण र दूरगामी रहेको धारणा राखे ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपालले मोर्चाले समाजमा निराशा होइन आशाको सञ्चार गर्न खोजेको बताए ।

उनले समाजमा रहेका नकारात्मक गतिविधिलाई हटाइ सकारात्मक बनाउने भन्दै मोर्चाले गौरवशाली समाजवादको सन्देश दिइरहेको कुरामा जोड दिए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगत १६ वर्षमा १३ पटक सरकार परिवर्तनको खेलले मुलुकमा सङ्घीयता र लोकतन्त्र संस्थागत हुन नसकेको भन्दै संविधान प्रदत्त अधिकार प्रदेश सरकारले प्राप्त गर्न नसकेको टिप्पणी गरे ।

समानता र विभेदको आक्रोश जनतामा बढ्न थालेकाले सरकारलाई गम्भीर भएर काम गर्न सुझाव दिँदै उनले राजनीतिक स्थिरता नहुँदा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पनि नकारात्मक असर परेको उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विपल्व’ ले नेपालको स्वाधीतनता र समृद्धिलाई बलियो बनाउन मोर्चा गठन भएको भन्दै देश र जनतालाई समस्या परेका बेलमा मोओवादी एकजुट हुने धारणा राखे ।

मोर्चामा आबद्ध नेता बलदेव चौधरी, प्रवेश हमाल र रकम चेम्जोङले पनि मोर्चाको उपादेयतामाथि प्रकाश पारेका थिए ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?