२१ ,असोज ,रामपुर (पाल्पा) । नेपाली कांग्रेसका युवानेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताएका छन् । उनले भने,“ पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा अगाडि बढाउन सक्षम, योग्य नेतृत्व चयन गर्ने अधिकार आमनागरिकमा दिनुपर्छ ।” नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई
२१ ,असोज ,काठमाडौँ । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले
२१ ,असोज ,दमौली (तनहुँ) । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको हो । दमौलीबाट सुडेसम्मको उक्त खण्ड कालोपत्रका लागि
काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउदले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएको बताएका छन्। मारवाडी सेवा समितिले शनिबार गौशालामा आयोजना गरेको ‘निशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम’ मा उनले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएका बताएका हुन्। समितिले पशुपति गौशाला धर्मशालामा आयोजना गरेको कार्यक्रममा मन्त्री साउदले भने, ‘मारवाडी समुदायले देशको
काठमाडौं: उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत H.E. Robb Fenn ले रक्षा मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भयो। उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले नवनियुक्त राजदूतलाई आफ्नो
पोखरा: सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक यही आश्विन १८ गते पोखरामा सम्पन्न भयो । भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गर्नुभएको थियो भने नेपाली टोलीको नेतृत्व नेपाल सरकार परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुङ्गानाले गर्नुभएको थियो । दुवै टोलीमा
२० ,असोज ,कावासोती (नवलपरासी) । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका सङ्कट, जनजीविका महँगीलगायत समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उनले अर्थतन्त्रमा देखापरेको सङ्कट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गराए । पूर्वप्रधानमन्त्रीसमेत
२० ,असोज ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री दाहालले जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए । राष्ट्रपतिसँगको
२० ,असोज ,झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताएका छन् । कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन गर्दै महामन्त्री शर्माले कानुनी शासन भएको लोकतान्त्रिक मुलुकमा सत्ताको दुरुपयोग गरेर कैद मिनाहा गर्ने प्रचलन बढ्दै जाँदा जनतामा
२० ,असोज ,काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जान लागेका छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उहाँ बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले