Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

उपप्रधानमन्त्री खड्कासँग संयुक्त अधिराज्यका आवासीय राजदूतको भेट: द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल


काठमाडौं: उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत H.E. Robb Fenn ले रक्षा मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल भयो।

उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले नवनियुक्त राजदूतलाई आफ्नो कार्यकक्षमा स्वागत गर्नुहुँदै बेलायत र नेपालबीच सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्द्रपूर्ण सम्बन्ध रहेको चर्चा गर्नुहुँदै उहाँको नेपाल बसाईको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। संयुक्त अधिराज्य नेपालको एउटा पुरानो मित्र भएको र नेपालको आर्थिक सामाजिक विकासमा संयुक्त अधिराज्य सरकारले विगतदेखि नै सहयोग उपलब्ध गराउँदै आएकोमा धन्यवाद व्यक्त गर्दै माननीय उपप्रधानमन्त्रीज्यूले दुई देशबीच सहयोगका क्षेत्रहरू आगामी दिनमा थप फराकिलो हुँदै जाने विचार व्यक्त गर्नुभयो। शिष्टाचार भेटवार्ताका क्रममा उहाँले सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई समान पेन्सन लगायतका सुविधाहरू उपलब्ध गराउने सम्बन्धमा संयुक्त अधिराज्य सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो। भेटवार्ताका क्रममा जलवायु परिवर्तन, दुई देशका सेनाबीच सहयोग आदान-प्रदान लगायतका विषयमा समेत छलफल भएको थियो।

शिष्टाचार भेटका क्रममा संयुक्त अधिराज्यका नवनियुक्त राजदूत H.E. Robb Fenn ले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको र यसबीचमा दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको विचार व्यक्त गर्नुभयो। नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वशान्ति स्थापना कार्यमा पुर्‍याएको योगदान विशिष्ट रहेको कुरा उल्लेख गर्नुहुँदै उहाँले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा सहयोग गर्न संयुक्त अधिराज्य सरकार सदैव तत्पर रहेको विचार व्यक्त गर्नुभयो। उहाँले आफ्नो कार्यकालको दौरान नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय सम्बन्धलाई थप फलदायी र उपलब्धिमूलक बनाउन निरन्तर प्रयास गर्ने कुरा राख्नुभयो। शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।


प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?