Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएको छ: परराष्ट्रमन्त्री साउद


काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउदले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएको बताएका छन्। मारवाडी सेवा समितिले शनिबार गौशालामा आयोजना गरेको ‘निशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रम’ मा उनले मारवाडी समुदायले समाज सेवामा अनुकरणीय काम गर्दै आएका बताएका हुन्।

समितिले पशुपति गौशाला धर्मशालामा आयोजना गरेको कार्यक्रममा मन्त्री साउदले भने, ‘मारवाडी समुदायले देशको अर्थतन्त्रमा मात्रै नभएर समाज सेवामा पनि अत्यन्तै अनुकरणीय काम गर्दै आएको छ।’ मारवाडी समुदायले देशभर संगठित भएर गर्दै आएको समाज सेवाको चर्चा गर्दै उनले समाज सेवा मुखले गर्छु भने जस्तो सहज भने नभएको बताए। ‘तपाईंहरुले देशव्यापी रुपमा संगठन बनाउनुभएको छ। त्यसले राम्रो सहयोग गरेको छ। केही न केही त्यसको सामाजिक पक्ष हुन्छ हुन्छ,’ मन्त्री साउदले भने, ‘अरुले गर्न नसक्ने काम तपाईहरुले गर्दै आउनुभएको छ। समाज सेवा मुखले गर्न सजिलो छ। तर, त्यसका लागि समय निकाल्नु, व्यवस्थापन गर्नु गाह्रो छ।’

मारवाडी सेवा समितिले २०५६ सालदेखि पशुपति गौशाला धर्मशालाद्वारा निशुल्क रुपमा कृत्रिम खुट्टा वितरण गर्दै आएको छ। शनिबार कार्यक्रममा आयोजना गरेर समितिले ७ जनालाई निशुल्क रुपमा खुट्टा वितरण गरेको छ। पशुपति गौशाला धर्मशालाका महासचिव महावीर घिराइयाले अहिलेसम्म झण्डै ६ हजार जनालाई निशुल्क कृत्रिम खुट्टा वितरण गराइसकिएको जानकारी दिए। उनका अनुसार दिपकप्रसाद सुवेदी, शान्तकुमारी कार्की, विष्णुबहादुर भुजेल तुलसीप्रसाद श्रेष्ठ, लोकेन्द्रप्रसाद सापकोटा, शंकरबहादुर सोनार र पूर्णचन्द्र तोलांगीलाई निशुल्क कृत्रिम खुट्टा वितरण गरिएको थियो।

 


प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?