Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

‘कैद मिनाहा दिने कानुनी व्यवस्था गलत’


२० ,असोज ,झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताएका छन् ।

कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन गर्दै महामन्त्री शर्माले कानुनी शासन भएको लोकतान्त्रिक मुलुकमा सत्ताको दुरुपयोग गरेर कैद मिनाहा गर्ने प्रचलन बढ्दै जाँदा जनतामा असन्तुष्टि बढेको बताए ।

“सोझै नेताहरूले राष्ट्रपति प्रयोग गरेर कैदमा आममाफी दिनु गलत हो”, महामन्त्री शर्माले भने, “माफी नै दिनुपर्दा पीडित परिवारको सहमतिमा मात्र दिइने कानुनी व्यवस्था हुनुपर्छ ।” उनले पीडित परिवारको सहमतिबेगर कुनै पनि आममाफी दिन नहुने बताए ।

साउदी अरबजस्ता मुलुकमा मृत्युदण्ड घोषणा भइसकेका अभियुक्तलाई समेत आममाफी दिने चलन रहेको चर्चा गर्दै महामन्त्री शर्माले भने, “त्यहाँ मृत्युदण्डको फैसला भइसकेका व्यक्तिलाई पनि ‘ब्लड मनी’ का आधारमा सजायबाट माफी दिने चलन नभएको होइन । तर, त्यो ‘ब्लड मनी’ स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा राजकीय सत्ताले होइन, पीडित परिवारले निर्णय गर्छ ।”

भ्रष्टाचारविरुद्धको फाइल खोलेर गठबन्धन सरकारले राम्रो कार्य गरेको बताउँदै महामन्त्री शर्माले सरकारले राम्रो काम गर्दा समर्थन र नराम्रो काम गरे विरोध जनाउने नीति लिएको स्पष्ट पारे ।

उनले शिक्षा विधेयकमा सरकारले कमजोरी गरेको हुँदा अब नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिको हुबहु पालना गर्दै संशोधनसहित विधेयक सदनमा ल्याउन सरकारलाई आग्रह गरे ।

सोही कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पूर्वी नेपालमा हिंसा र अशान्तिको गन्ध आउन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले कांग्रेस सरकारमा हुँदा मुलुकमा शान्ति स्थापना हुने र सरकारको नेतृत्वमा नहुँदा हिंसाका घटना बढ्ने गरेको जिकिर गरे ।


प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?