काठमाडौं। लामो समयको अन्तराल पछि नेप्से सूचक २ हजार अङ्कमा उक्लिएको छ । खासगरी मौद्रिक नीतिको प्रभाव ४-१२ को सेयर धितो कर्जाको व्यवस्थासँगै १५० प्रतिशतसम्मको जोखिम भारको व्यवस्थाले खस्किएको बजार पुनः मौद्रिक नीतिको समीक्षाले नै पुनर्जागृत हुन पुगेको हो । त्यस्तै, मौद्रिक नीति लगत्तै आइतबार खुलेको बजारमा १११ अङ्कको उच्च
काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ । उनका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइसकेको छैन । वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना प्रकाशित गरी कृषि
काठमाडौं। स्वास्थ्य सेवा विभागले ४९ नर्सको बढुवा गरेको छ । त्यस्तै, पाँचौँबाट छैटौँ र छैटौँबाट सातौँ तहमा बढुवा गरिएको हो । स्तरवृद्धि निर्णयमा त्रुटि भए सच्याउने, संशोधन गर्ने वा बदर समेत गर्न सकिने विभागले जनाएको छ ।
काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ । आगामी पुस २ गते दशरथ रङ्गशालामा हुने सो समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पदक एवं पुरस्कार प्रदान लागिएको हो । त्रिविले यो पटक हरेक वर्ष प्रदान
काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई अर्को व्यवस्था नभएसम्मका लागि सङ्घीय संसद्को महासचिवको जिम्मेवारी निर्वाह गर्न तोकेका छन् । उक्त महासचिव डा. भरतराज गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेस गरेका थिए । सो प्रशासनिक नेतृत्व नहुँदा
काठमाडौं। आज सुनचाँदीको मूल्य फेरी घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार हिजो एक लाख १६ हजार तीन सय रुपैयाँ भएको सुनको मूल्य आज तोलामा एक लाख १६ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, हिजो
काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । रिइन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । उक्त
डोटी। डोटीमा राष्ट्रिय परिचय पत्र वितरण कार्य सोमबार देखि सुरु गरेको छ । उक्त विवरण पेस गरेको लामो समयपछि जिल्लामा राष्ट्रिय परिचय पत्र पुगेपछि वितरण कार्य सुरु गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएका छन् । उक्त राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने प्रजिअ अर्यालले
काठमाडौं। इजरायल–हमास द्वन्द्वका बीच गाजामा तत्काल युद्धविरामका लागि पेश गरिएको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभा (युएनजीए) को आपत्कालीन बैठकमा पारित भएको छ । त्यस्तै, १५३ देशले गाजामा युद्धविरामको पक्षमा मतदान गरेका छन् । १० सदस्य राष्ट्रले विरोध गरे भने २३ सदस्य अनुपस्थित रहे । युद्धविराम प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अमेरिका,
गण्डकी। पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुलीको पहुँचबाहिर रहेको देखाएको थियो । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका-६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । उक्त तथ्याङ्कलाई आधार मान्दा अब गण्डकी प्रदेशका