Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

डोटीमा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु


डोटी। डोटीमा राष्ट्रिय परिचय पत्र वितरण कार्य सोमबार देखि सुरु गरेको छ । उक्त विवरण पेस गरेको लामो समयपछि जिल्लामा राष्ट्रिय परिचय पत्र पुगेपछि वितरण कार्य सुरु गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएका छन् ।

उक्त राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने प्रजिअ अर्यालले बताए । परिचय पत्र सम्बन्धित व्यक्तिको पुनः बायोमेट्रिक भेरिफाई गरेर मात्र कार्ड वितरण हुने हुँदा स्वयं व्यक्ति आफ्नो अनुकूल समयमा उपस्थित हुनुपर्ने बताए । प्रजिअका अनुसार सबै वितरण गर्दा भीड भाड हुने भएकाले प्रशासन कार्यालयले परिचयपत्र बाहकको नाममा मोबाइलमा सन्देश पठाएर पश्चात् मात्र प्रशासन कार्यालयमा परिचयपत्र लिन आउन आग्रह गरेको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयमा हाल सम्म विवरण पेस गरेका मध्ये हाल १० हजार एक सय ६५ परिचयपत्र जिल्लामा पुगेको प्रजिअ अर्यालले बताए । प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने अरूमार्फत वितरण गर्न नसकिने जनाएको छ ।

डोटीमा राष्ट्रिय परिचयपत्रका लागि विसं २०७७ भाद्र २८ गते देखि विवरण सङ्कलनको काम सुरु गरिएको थियो हालसम्म डोटीमा ९६ हजार १ सय २१ जनाको विवरण सङ्कलन गरिएको समेत प्रजिअ अर्यालले बताएका छन् ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?